Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024

बोस्टन – गैरआवासीय नेपाली (एनआरएन) अन्तर्राष्ट्रिय समन्वय परिषदको महासचिव पदका लागि बोस्टन, अमेरिकाबाट विष्णुमाया परियारले उम्मेदवारी दिएकी छन् । एनआरएन, अमेरिकाको बोर्ड निर्देशकमा रहेकी परियारले आफ़्नो उम्मेदवारीलाई गैरआवसीय नेपालीका लागि दोहोरो नागरिकताको सशक्त कार्यान्वयन र लगानी लगायतका विविध पक्षबाट मातृभुमि निर्माण पक्षको मुद्दासँग जोडेकी छिन् ।

आफ्नो उम्मेदवारिबारे प्रष्ट पार्दै उनले भनिन्,’ एनआरएनलाई शसक्त रुपमा नयाँ ढङ्गले अगाडी बढाउनु पर्छ भन्ने मान्यतालाई मेरो उम्मेदवारीले प्रतिनिधित्व गर्छ । त्यसमा पनि एनआरएनमा महिलाहरुको सशक्त सहभागिता हुनुपर्छ ।’ झण्डै आठ बर्षअघि बृद्धाबन, एनआरएनका उपाध्यक्ष भएको पृष्ठभूमिमा त्यसपछि अन्य महिला महत्वपुर्ण पदमा पुग्न सकेका छैनन् ।

अन्तर्राष्ट्रिय विकाश र सामाजिक परिवर्तन सम्बन्धी बिषयमा उच्च शिक्षा हासिल गरेकी परियार अमेरिकाका रहेर नेपाली दलित महिला र बालबालिका विकाशको साथै स्वास्थ्य क्षेत्रमा उनी क्रियाशील छ्नि ।

तपाईको प्रतिक्रिया