Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले शान्ति र सविधानलाई पूर्णता दिन आफ्नो पार्टी जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन्।

सबै दलहरुमा आन्तरिक समस्या रहेको बताउँदै उनले देशको आवश्यकताअनुसार अगाडि बढ्ने हो भने सबैले एकपटक आत्मसमीक्षा गर्नु जरुरी भएको बताए।

राजधानीमा आइतबार आयोजित महेन्द्रनारायण निधि मेमोरियल फाउन्डेसनद्वारा आयोजित अहिंसा र राजनीति विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष दाहालले अरु दल पनि इमान्दारीपूर्वक लागे शान्ति प्रक्रिया र सविधान लेखनले पूर्णता पाउने दाबी गरे।

बाह्रबुँदे सहमति, अन्तरिम संविधान र दलहरुको बीचमा भएका विगतको सहमतिअनुरुप अगाडि बढ्ने हो भने समस्या अन्त्य हुने र देशले सहजै निकास पाउने उनको भनाई थियो।

तपाईको प्रतिक्रिया