मंगलबार, आषाढ १८, २०८१
Tuesday, July 2, 2024

लण्डनस्थित पशुपतिनाथ मन्दिरमा हिजो विजया दशमीको दिन टिका तथा जमरा लगाउनेहरुको घुंइचो लागेको थियो । पण्डितद्धय निलहरी घिमिरे र हरी ज्ञवलीको हातबाट टिका थाप्न टाढा टाढाबाट समेत भक्तजनहरुको घुईचो लागेको थियो ।

विजया दशमीको दिन बेलायतको प्लमस्टिडस्थित मन्दिरमा विहान सवा सात बजेको सयमदेखि ११ बजेसम्म दशैंको टिका थाप्न आउनेक्रम जारी रहेको थियो । टिका ग्रहण गर्न विभिन्न पेशा तथा व्यवसाय गर्दै आएका नेपाली लगायत बेलायतमा अध्ययनरत विद्यार्थीहरुको पनि बाक्लो उपस्थिति रह्यो । मन्दिर परिसरमा आफ्नो घर घरमा राखिएको जमरा चढाउन आउनेहरु पनि प्रशस्तै भेटिएका थिए । ***

 

तपाईको प्रतिक्रिया