Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024

गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको पाँचौ ग्लोबल सम्मेलन यहि अक्टोबर १२ देखि १५ सम्म राजधानी काठमाडौंमा हुन गईरहेको छ ।

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा विश्व सम्मेलन उच्चस्तरीय आयोजक समितिको गत बिहीबार बसेको बैठकले सम्मेलनका क्रममा आयोजना हुने कार्यक्रम सार्वजनिक गरेको छ । यस पटकको सम्मेलनकाक्रममा नागरिक समाजको आकांक्षा र दृष्टिकोण, दैवी प्रकोप सतर्कता र तयारीमा गैरआवासीय नेपालीको भूमिका, दोश्रो पुस्ताका गैरआवासीय नेपालीको सहभागिता, नेपालमा विदेशी लगानीका अवसर र चुनौती, खाडी मुलुकहरुमा वैदेशिक रोजगारीलाई मर्यादित तथा सुरक्षित बनाउन चालिनुपर्ने कदम, गैरआवासीय नेपाली सम्बन्धी ऐन नियमले प्रदान गरेका सुविधा लगायत विषयमा छलफल हुने भएको छ ।
हरेक दुइ वर्षमा आयोजना हुने सम्मेलनले यस पटक नयाँ कार्यसमिति समेत चयन गर्ने छ । हालसम्म एनआरएन अन्तरराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष जीवा लामिछाने र वर्तमान अध्यक्ष देवमान हिराचनले अध्यक्ष पदमा दाबेदारी प्रस्तुत गरिसकेका छन् ।
यसैगरी उपाध्यक्षमा अष्ट्रेलियाबार्ट इन्द्रा वन र बेलायतबाट क्याप्टेन हितमान गुरुङले उम्मेदवारीको घोषणा गर्नुभएको छ भने महासचिवमा जापानबाट डा. कुमार बस्नेत र अमेरिकाबाट बिष्णुमाया परियारबीच प्रतिस्पर्धा हुने देखिएको छ । यसैगरी कोषाध्यक्षमा जापानबाट ब्यवसायी भवन भट्ट, नम्रता पाण्डे (हेमप्रभा) र अष्ट्रेलियाबाट गोवा कटुवाल भिड्ने भएका छन् । एशिया प्यासिफिकको संयोजकमा एनआरएन जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्गले र उपसंयोजकमा जापानबाटै हालका आईसीसी सदस्य किरणविक्रम थापाले उम्मेदवारीको घोषणा गर्दै नेपालतर्फप्रस्थान गरेका छन् । अन्तिम समयसम्म बिभिन्न पदहरुमा उम्मेदवारी दिने क्रम अझ बढ्न सक्ने संभावना देखिएको छ ।

बिश्वका ५६ देशमा बिस्तार भईसकेको एनआरएन अभियानको यस पटकको ग्लोबल सम्मेलनमा बिभिन्न मुलुकहरुबाट गरी करिब सात सयले सहभागिता जनाउने अनुमान गरिएको छ । सन् २००३ देखि सुरु भएको एनआरएन अभियान अर्न्तर्गत यसपटकको सम्मेलनको मुख्य नारा ‘हाम्रो सञ्जाल, हाम्रो पहिचानः समृद्ध नेपाल’ रहेको छ । ३ दिनसम्म चल्ने सम्मेलनमा भाग लिनका लागि जापानबाट पनि उल्लेख्य संख्यामा नेपालीहरु नेपाल पुगिसकेका छन् भने र्फकने क्रम जारी छ । ***

तपाईको प्रतिक्रिया