मंगलबार, आषाढ १८, २०८१
Tuesday, July 2, 2024

कुल १ लाख ५० हजार जनसंख्या मध्य करिव ५० हजार युवायुवती बिदेशमा रोजगाररत रहेको मानिने म्याग्दीमा दशैंतिहारको पूर्वसन्ध्यामा ५ दिनमा ५० करोड रेमिट्यान्स भित्रिएको छ ।

लाहुरेहरुको जिल्ला भनेर चिनिएको यस जिल्लामा दशैं-तिहार नजिकिंदै गर्दा सदरमुकाम बेनीबजारमा रहेका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा दैनिक करोडौं रुपैयाँ रेमिट्यान्स भित्रिने गरेको वित्तीय संथाका सञ्चालकहरुले बताएका छन् । सदरमुकाममा रहेका करिब एक दर्जन वित्तीय संस्थामा यही असोज १० देखि १५ गतेसम्मको पाँच दिनको अवधिमा मात्रै करिब रु. ५० करोडभन्दा बढी रेमिट्यान्स भित्रिएको तथ्याङ्क छ ।

जिल्लास्थित निजी क्षेत्रको नीलगिरि विकास बैंकमा मात्रै एक सातामा छ करोडभन्दा बढी रेमिट्यान्स संकलन भएको बैंकले जनाएको छ । रोजगारका क्रममा विदेशमा रहेका जिल्लावासीले त्यहाँ आर्जन गरेको वर्षभरिको कमाई दशैं-तिहारको समय पारेर पठाउने गरेकाले अन्य समयमा भन्दा यो समय रेमिट्यान्सको कारोबारमा निकै वृद्धि हुने वित्तीय संस्थाहरुको भनाइ छ । म्याग्दीबाट भारतीय, बेलायती सेनादेखि कतार, मलेसिया, युरोप, अमेरिका, जापानलगायतका मुलुकमा रोजगारमा जानेहर्को संख्या धेरै छ । ***

 

तपाईको प्रतिक्रिया