मंगलबार, आषाढ १८, २०८१
Tuesday, July 2, 2024

गैरआवासीय नेपाली संघ केन्द्रिय समन्वय परिषद्का सदस्य लक्ष्य गुरुङले युरोप क्षेत्रको उपसंयोजक पदका लागि उम्मेदवारी दिने जनाएका छन्।
यही अक्टोबर १२ देखि १४ तारिखसम्म काठमाण्डुमा हुन लागेको पांचौ गैरआवासीय नेपाली सम्मेलनले संघको नयां कार्यसमिति चयन गर्ने कार्यक्रम छ।
गएको दुई वर्षयता संघको केन्द्रिय समन्वय परिषद्को सदस्यको रुपमा आफुले आर्जेको अनुभव र साथी तथा शुभेच्छुकहरुको सल्लाह अनुसार आफुले युरोप क्षेत्रको उपसंयोजक पदकालागि उम्मेदवारी दिने निधो गरेको गुरुङले बताए।

उनले आफु सो पदमा बिजयी भएमा युरोपमा गैरआवासीय नेपाली अभियानलाई अरु सशक्त बनाउन लागि पर्ने, एक पटकको नेपाली संधैको नेपाली भन्ने नारालाई चरितार्थ पार्न कृयाशील हुने तथा बेलायतमा बसोबास गरिरहेका भूपू गोर्खाहरुको समस्या समाधानकालागि पहल गर्ने बताएका छन्।

यसैगरी उनले युरोपमा सामुदायिक सदभाव तथा आप्रवसान  सम्बब समस्या हल गर्न र गैरआवासीय नेपाली संघले अघि सारेका सामूहिक लगानी तथा खुला विश्वविद्यालय सम्बन्धि अवधारणाहरुलाई कार्यान्वयन गर्न पनि आफु कृयाशील रहने पनि बताए।

ब्रिटिश सेनामा लामो समय सेवा गरेर सेवानिवृत्त भएका गुरुङ अहिले बेलायतमा बसोबास गरिरहेका छन्। एकजना सफल व्यवसायीका रुपमा पनि चिनिने गुरुङ स्थानीय तथा सामाजिक काममा पनि निकै सकृय रहने गरेका छन्। ***

तपाईको प्रतिक्रिया