मंगलबार, आषाढ १८, २०८१
Tuesday, July 2, 2024

काठमाडौ । भारतीय सीमा क्षेत्रमा नेपालीहरु लुटिने गरेका समाचारहरु आइरहेका बेला दुई नेपाली पत्रकार पनि भारतीय डाँका समूहबाट लुटिएका छन् ।

भ्रमणको क्रममा भारतको नयाँ दिल्ली गएका पत्रकार महासंघका धनकुटा अध्यक्ष मोहन बान्तवा र स्थानीय पत्रकार रमेशचन्द्र अधिकारी शनिबार राति पटनामा लुटिएका हुन् । अध्यक्ष बान्तवाले आफुहरु सवार रेलमा नयाँ दिल्लीदेखि नै निगरानी गर्दै आएको डाँका समूहले पटना आइपुगेपछि लुटपाट गरेको जानकारी दिए ।

लुटेराहरुले आफ़ुहरुको साथबाट नगद २५ हजार रुपैयाँ, दुईवटा मोबाइल सेट, एटीएम कार्ड र परिचयपत्रसहितका कागजात लुटेको बताए ।

तपाईको प्रतिक्रिया