मंगलबार, आषाढ १८, २०८१
Tuesday, July 2, 2024

काठमाडौ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नी श्रीमती हिसिला यमीलाई क्रान्तिकारी योद्धा भनी चित्रण गरेका छन् ।

रेडियो नेपालमा आइतबार रातिदेखि सुरु भएको रेडियोमा प्रधानमन्त्री शीर्षकको प्रत्यक्ष संवाद कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘उहाँ पनि क्रान्तिकारी योद्धा नै हुनुहुन्छ, जनयुद्धमा काठमाडौंको सुखसयल छाडेर क्रान्तिमा होमिनुभएको हो । मलाई जहासम्म लाग्छ उहाँ त्यस्तो सौखिन हुनुहुन्न । बोल्नेक्रममा केही मानवीय गल्ती हुनसक्छ ।’

प्रधानमन्त्री भट्टराईले श्रीमती एवं माओवादी पोलिट्ब्युरो सदस्य हिसिला यमी र छोरी मानुषी यमी भट्टराई दुवै आत्मनिर्भर भएको बताए । ‘हिसिला र मानुषीबाट मलाई पुरा सहयोग छ,’ उनले भने ।  मितव्ययी प्रधानमन्त्रीकी खर्चालु श्रीमती शीर्षकको खबर केही दिनअघि एक अंग्रेजी अखबारमा छापिएको थियो । अखबारमा हिसिलाले चार करोड मूल्य बराबरको कार मगाएको लेखिएको थियो ।

रेडियोमा प्रधानमन्त्री कार्यक्रममा स्रोताहरुले भारत भ्रमणमा जादा दुरगामी असर गर्ने सम्झौता नगर्न, जनतालाई राहत दिन, विदेशिएकाहरुका लागि प्रभावकारी काम गर्न माग गरेका थिए । रेडियोमा प्रधानमन्त्रीको प्रत्यक्ष संवाद दक्षिण एसियामा नै पहिलो भएको रेडियो नेपालका कार्यकारी निर्देशक तपनाथ शुक्लले जानकारी दिए ।

तपाईको प्रतिक्रिया