मंगलबार, आषाढ १८, २०८१
Tuesday, July 2, 2024

काठमाडौ । पैसा जोगाउन अमेरिकीहरू चिकित्सकको सल्लाह बेवास्ता गर्नुका साथै ‘पेस्क्रिप्सन’मा उल्लेख गरिएको औषधि प्रयोग गर्न छोडेका छन् । अमेरिकीहरूमा यो प्रवृत्ति गत वर्षको दाँजोमा यो वर्ष बढेको उपभोक्ता प्रतिवेदनको सर्वेक्षणले देखाएको छ ।

कम्तीमा पनि एक किसिमको औषधि लिइरहेका १ हजार २ सय २६ उपभोक्ताको झन्डै आधाले ‘पेस्क्रिप्सन’ मा लेखिएबमोजिम गर्ने नगरेको सर्वेक्षण संस्था ‘हेल्थ रेटिङ सेन्टर’ का निर्देशक जोन सान्टा बताउँछन् ।

उनीहरूले ‘पेस्क्रिप्सन’ मा लेखिएभन्दा कम औषधि लिने गरेको तथा फिजिसियनको सल्लाहबमोजिम स्वास्थ्य परीक्षणमा नजाने गरेको उनले जानकारी दिए । यो अनुपात गत वर्षको ३९ प्रतिशतमा झन्डै ९ प्रतिशत बिन्दुले बढी हो ।

दुई वर्षअघि अमेरिकी मन्दी अन्त्य भए पनि अमेरिकी घरधुरीका ६ मध्ये १ तथा ५० हजार अमेरिकी डलरभन्दा कम आम्दानी गर्नेहरूमा चारमध्ये एक, योकंर (न्युयोर्कका बासिन्दा) ले स्वास्थ्य उपचारमा कति खर्च गर्नुपर्ला भनेर चिन्ता गर्ने गरेको प्रतिवेदनमा उल्लेख छ । यो अवस्थाले उपभोक्तालाई सम्भावित खतरनाक रणनीतिको सामना गर्न प्रोत्साहित गर्ने खालको दबाब सिर्जना भएको उनी बताउँछन् ।

‘स्वास्थ्योपचार गराउन छोड्ने मानिसको संख्यामा देखिएको वृद्धिले साँच्चै मन्दीमा फसेको हो कि भन्ने देखिएको छ,’ चिकित्सक सान्टाले भने, ‘आमजनता वित्तीय दबाब कसरी सामना गरिरहेका छन् भनेर थाहा पाउने यो संवेदनशील सूचक हो ।’

‘चिकित्सकले बिरामीलाई औषधि र स्वास्थ्य उपचारका लागि खर्च गर्दा कतै समस्या त भइरहेको छैन भनेर सोध्नु आवश्यक भइसकेको छ । यदि चिकित्सकले यही भावले सोध्न नसक्ने भएमा उनीहरूलाई कहिले आर्थिक दबाब परेको थियो भनेर सोध्नु आवश्यक छ,’ सान्टाले भने ।

सर्वेक्षणमा सहभागी केवल ५ प्रतिशतले मात्रै चिकित्सकको कार्यकक्षको औषधि महँगो पाएको बताएका छन् भने ६४ प्रतिशतले औषधि पसलको औषधि महँगो हुने गरेको बताएका छन् ।

चिकित्सकलाई थाहै छैन

‘बिरामीलाई उपचार-प्रक्रिया र औषधि खर्च कति हुन्छ भन्ने थाहा नहुने हुनाले केही मुद्दामा चिकित्सक र बिरामीबीच संवाद नै हुँदैन,’ सान्टाले भने ।

सर्भेका अनुसार सामान्य औषधिको प्रयोगमा वृद्धि भई यो वर्ष ७५ प्रतिशत पुगेको छ । गत वर्ष यो दर ७३ प्रतिशत थियो । यद्यपि ३९ प्रतिशत सहभागीले सिफारिसमा परेको सामान्य औषधिले सुरक्षा मामिलामा संघीय मापदण्ड पूरा गर्ने वा नगर्ने आफूलाई थाहा नभएको बताएका छन् । ४१ प्रतिशतले आफ्ना चिकित्सकले कहिलेकाहीँ सामान्य औषधिको सिफारिस गर्ने वा गर्दै नरिएको धारण राखेका छन् ।

यो सर्वेक्षण १८ वर्ष उमेरभन्दा माथिका मानिसमा जून २ देखि ६ तारिखसम्म सञ्चालन गरिएको थियो । सर्वेक्षणको त्रुटि अन्तर २.९ प्रतिशत बिन्दु थप-घट हुनसक्ने उल्लेख गरिएको छ । सर्वेक्षण २००८ मा सुरु गरिएको थियो ।

तपाईको प्रतिक्रिया