जता भत्क्यो उतै दैलो भन्ने बेला आयो
एकाघरकै मान्छे पराइ बन्ने बेला आयो ।
जिजिबिषा संगालेर नानाथरी चाहनाका
झिसमिसेमै तारामण्डल गन्ने बेला आयो ।
न आदर छ न माया छ, खालि द्वेष मात्र
ब्यथा बिनै, बाहनामा कन्ने बेला आयो ।
बिना थिति बिना रिति, कुसंस्कार गहिरिदा
कौमार्यमै मानसपुत्र जन्ने बेला आयो ।
तन्मयले सिंचेको त्यो स्वप्न बाटिकाको
मालिले नै ‘भीम’को जरा खन्ने बेला आयो ।