शुक्रबार, आषाढ २१, २०८१
Friday, July 5, 2024

टोकियो – नेपाल सरकारले सन् २०१२ लाई अन्तर्राष्ट्रिय सहकारी वर्षका रूपमा मनाउने निर्णय गरेको छ।

सोमबार मन्त्रिपरिषद बैठकले सहकारीको विकास र प्रवर्द्धन गर्न २०१२ लाई अन्तर्राष्ट्रिय सहकारी वर्ष मनाउन कृषि तथा सहकारी मन्त्री नन्दनकुमार दत्तको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको जानकारी सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले दिए।

अन्तर्राष्ट्रिय सहकारी वर्ष मनाउने क्रममा सञ्चालन गरिने कार्यक्रम कार्यान्वयन गर्न कृषि तथा सहकारी सचिव उमाकान्त झाको संयोजकत्वमा कार्यन्वयन समिति बनाइएको छ। सहकारी वर्ष कार्यक्रमअनुसार २०१२ मा सहकारीका माध्यमबाट मुलुकमा गरिबी निवारण, मुलुकको आर्थिक तथा सामाजिक विकासमा पुग्ने योगदानबारे जनचेतना, सहकारी विकास र प्रवर्द्धनमा आवश्यक कानुन, नीतिनियम बनाउने तथा पिछडिएका क्षेत्र र वर्गमा सहकारीको पहुँच बढाउने कार्यक्रम कार्यान्वयन गरिने जनाइएको छ। ***

 

तपाईको प्रतिक्रिया