Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024

टोकियो – गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको राजधानी काठमाडौंमा हुन गईरहेको पाँचौ ग्लोबल सम्मेलन नजिकिदैं गर्दा बिभिन्न पदहरुमा दावी गर्दै उम्मेदवारीको घोषणा गर्ने क्रम तिब्र भईरहेकै बेला उच्च शिक्षा हासिल गर्ने क्रममा जापानमा रहेकी नम्रता पाण्डे (हेमप्रभा) ले आईसीसीको कोषाध्यक्ष पदमा उम्मेदवारीको घोषणा गर्नुभएको छ ।

पाण्डेले एनआरएनलाई कामकाजी संस्थाकोरुपमा बिकास गर्न र संस्थागत आर्थिक कारोवारमा पारदर्शिता ल्याउन आफुले उम्मेदवारी दिने निर्णयमा पुगेको बताउनुभएको छ । उहाँले जारी गर्नुभएको उम्मेदवारी घोषणा पत्रको पूर्णपाठ यसप्रकार छ ।

नेपाली दाजुभाई तथा दिदी बहिनीहरु,

म सर्वप्रथम नेपालभित्र र नेपाल बाहिर बसोवास गर्नुहुने सम्पूर्ण नेपाली बुवाआमा, दाजुभाई र दिदीबहिनीहरुमा नजिकै आउन लागेको हामी नेपालीहरुको महान चाड बिजय दशमी तथा दिपावालीको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।

यही अक्टुबरमा (असौजको अन्तिम सातामा) काठमाण्डौ मा समपन्न हुन गईराखेको एनआरएनको ग्लोबल सम्मेलनमा म नम्रता पाण्डे (हेमप्रभा) एनआरएन अन्तरराष्ट्रिय समन्वय परिषद (आईसिसी) को कोषाध्यक्ष पदमा जापानबाट आफ्नो उम्मेदवारी यसै प्रेस बिज्ञप्ती मार्फत घोषणा गर्दछु ।

नेपाल र नेपालीका लागि भन्ने पवित्र उदेश्यका साथ स्थापित एनआरएनलाई कामकाजी संस्थाकोरुपमा अगाडि बढाउने, संस्थामा आर्थिक पारर्शिता, नेपालको बिकासको लागि लगानी प्रबर्धन र नेपाल र नेपाली जनताको हितमा अधिकतम काम गर्ने उदेश्यका साथ उक्त संस्थाको गरिमामय पद कोषाध्यक्ष पदमा आफ्नो उमेदवारी रहेको छ।

स्थापनाको झण्डै १ दशकको नजिक पुग्न लागेको यो संस्थाको संस्थागत सुधार, नेपालको बिकासका लागि गैर आवासीय नेपालीहरुको सीप र पुंजीलाई संस्थागत ढंगबाट नेपाल भित्राउनका लागि आफ्नो सम्पूर्ण शक्ति केन्द्रित गर्ने सार्वाजनिक प्रतिबध्दता पनि जाहेर गर्दछु । म आफु किन यो पदमा उम्मेदवारी दिदै छु र मेरो उम्मेदवारी किन आबश्यक छ भन्ने बिषयमा आफ्नो चुनाबी घोषणापत्र छिट्टै सार्वाजनिक गर्ने छु ।

अन्त्यमा, म एनआरएनको उक्त ग्लोबल सम्मेलनमा उपस्थिति हुने सबै प्रतिनिधि महानुभाबहरुमा आफ्नो अमुल्य मत मलाई दिई कोषाध्यक्ष पदमा बिजय गराउनु हुन हार्दिक अनुरोध गर्दछु।

नम्रता पाण्डे (हेमप्रभा)

जापान

उम्मेदवार (कोषाध्यक्ष) आईसीसी

तपाईको प्रतिक्रिया