Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024

टोकियो – गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदको आगामी अक्टुबरमा राजधानी काठमाडौंमा हुन गईरहेको पाँचौ ग्लोबल सम्मेलनले चयन गर्ने यसको महासचिवमा दावी गर्दै हालका प्रवक्ता डा. कुमार बस्नेतले उम्मेदवारीको घोषणा गर्नुभएको छ । प्रवक्ता डा. बस्नेतले आजै एक बिज्ञप्ती प्रेषित गर्दै महासचिव पदमा उम्मेदवारीको घोषणा गर्नुभएको हो ।

डा. बस्नेतद्वारा प्रेषित बिज्ञप्तीको पूर्ण पाठ यसप्रकार छ ।

गैरआवासीय अभियानलाई वर्तमान स्थितिसम्म ल्याउन अतुलनीय योगदान पुराउनु भएका यस अभियानका श्रद्धेय मेरा अग्रजहरु, विगत ८ वर्ष देखि गैरआवासीय नेपाली संघ मार्फत हातमा हात मिलाएर यस अभियानलाई यहाँसम्म ल्याउनु भएका सहयात्री मित्रहरु तथा सम्पूर्ण गैरआवासीय र आवासीय नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक अभिवादन टक्राउँदै आजको दिन सम्मको सहयोगका लागि हृदयदेखि नै धन्यवाद ज्ञापन गर्दछु ।

७ औँ शताब्दिमा राजकुमारी भृकुटीले तिब्बतका राजासंग विवाह गरी प्रवासमा बसोवास शुरु गरेको कुरा र १३ औं शताब्दीमा अरनिकोले चीनबाट नै आफ्नो कालिगडीको माध्यमले नेपाललाई विश्वसामु चिनाएका कुराहरु इतिहासमा पढ्न पाइन्छ । सन् १८१४ देखि १८१६ सम्म चलेको नेपाल र अंग्रेज (भारत उपनिवेश भएको समय) बीचको युद्धमा गोर्खाली सैनिकले देखाएको विरता प्रति अंग्रेजहरू प्रभावित भएका थिएँ । सुगौली सन्धि पश्चात नेपालीहरू गोर्खा सैनिकका नाममा अंग्रेज सेनामा भर्ना भई विश्वभर आफ्नो वीरता देखाइ विश्वमाझ नेपाललाई चिनाउँदै, प्रवासमा बसोवास गर्ने क्रमलाई केहि बाक्लो बनाएको कुराहरु बारे हामीहरु जानकार छौँ । नेपाली प्रवासिने क्रम विगत ३ दशकदेखि भने अति नै बाक्लिएको छ । सार्क मुलुकबाहेकका राष्ट्रमा बस्ने गैरआवासीय नेपालीको संख्या ३० लाख नाघिसकेको छ । त्यसमा पनि राष्ट्रको मेरुदण्डका रूपमा रहेको युवा पुस्ता र प्राज्ञिक जनशक्ति ठूलो संख्यामा प्रवासमै छन् । अहिले हामी एनआरएनहरु मातृभूमि नेपाल र कर्मभूमि प्रवास दुवैका लागि समर्पित भैरहेको अवस्था छ । यस्तो अवस्थामा हामी सबै मिलि एनआरएन अभियानलाई सार्थक बनाउनु पर्ने कुरा धेरै महत्वपूर्ण छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्थापना कालदेखि नै यस संघमा काम गर्दै आउँदा एनआरएन अभियानको महत्व बुझ्दै आएको हुँ । नेपालको चौतर्फि बिकासमा एनआरएन अभियानले खेल्न सक्ने भूमिका अत्याधिक रहेको कुरा महसुस गरेको छु भने अर्को पाटोमा गैरआवासीय नेपालीका अनुरोधहरुलाई नेपाल सरकार, राजनीतिक दल, नागरिक समाज तथा समग्र नेपाली समाजले गम्भिरतापूर्वक हेर्न पर्ने अवस्था रहेको पाएको छु । मेरो उम्मेदवारिको पहिलो प्राथमिकता भनेको नै गैरआवासीय अभियानलाई बलियो बनाउने र सफलतापूर्वक निरन्तरता दिनलाई योगदान दिनु हो । त्यसैले यसका लागि महत्वपूर्ण भूमिका निभाउने छु, यो नीतिगत कुरामा पर्दछ । दोस्रो, यो गैरआवासीय अभियानलाई हाक्ने हाम्रो गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्थायित्वको कुरा हो र हाम्रो संगठनलाई बलियो बनाउँदै सामुहिक लगानीका लागि उपयुक्त वातावरण तयार गर्न आवश्यक मिहिनेत गर्नेछु ।

हाम्रा वर्तमान एजेण्डाहरु जस्तै विदेशी नागरिकता लिएको खण्डमा पनि नेपाली नागरिकता त्याग्नु नपर्ने कुरा नयाँ संविधानमा उल्लेख हुनुपर्ने, बैदेशिक रोजगारीमा जानेहरुको सजिलोपन, सुरक्षा, श्रम अधिकारको कुरा, गैरआवासीय नेपालीको परिभाषा परिवर्तनका लागि ऐन संशोधन, संस्था दर्ता आदि सरकार, राजनीतिक दल, नागरिक समाज संग प्रत्यक्ष सहयोग लिएर गर्ने कुरा हुन् । त्यस्तै सांगठनिक बिकास, संजालको विकास, एकल, सामुहिक लगानीको अवधारणा निर्माण आदि हाम्रो संस्थाभित्र गर्दै जानुपर्ने कुराहरु हुन् । यिनै कुराहरु मेरो प्राथमिकतामा पर्दछन् । यी कामहरु सफलतापूर्वक सम्पन्न गरेमा नेपाल, आवासीय तथा गैर आवासीय नेपाली सबैको हित हुन्छ र सबैले जित्ने बाटो (वीन वीन सिचुयशन) पनि यहि हो भन्ने मलाई लाग्दछ । मैले गैरआवासीय नेपाली संघ र अन्य संघ संस्थासंग यहाँसम्म आइपुग्दा बटुलेका अनुभवहरु, अब एनआरएन अभियानको सार्थक निरन्तरता र गैरआवासीय नेपाली संघको स्थायित्वका लागि उपयोग गर्ने बेला आएको छ । यसैका लागि आगामी अक्टोबरमा सम्पन्न हुने गैरआवासीय नेपाली विश्व सम्मेलनमा गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद्को महासचिव पदका लागि उम्मेदवारी दिने निर्णय गरेको हुँ ।

मैले बिगत ८ वर्ष देखि गैरआवासीय नेपाली संघको लागि सामाजिक रुपमा गरेको योगदानको मेरा श्रद्धेय अग्रजहरु, सहयात्री मित्रहरु तथा सम्पूर्ण एनआरएन साथीहरुले मूल्यांकन गरी मलाई यस गरिमामय पदमा निर्वाचित गरि यस अभियानलाई सार्थक बनाउन र हाम्रो गैरआवासीय नेपाली संघको स्थायित्व सहित हाम्रा एजेण्डाहरुलाई अघि बढाउन सहयोग गर्नु हुनेछ भन्ने कुरामा म पूर्ण रुपमा आशावादी छु ।

मूख्य एजेण्डाहरु

पदीय एजेण्डा

क. गैरआवासीय नेपाली संघ (एनआरएनए) बिधानले दिएको निर्देशन अनुसार महासचिवको जिम्मेवारी पुरा गर्ने ।

ख. गैरआवासीय नेपाली अभियानको निरन्तरता सहित समय साक्षेप बनाउने, संगठानात्मक संरचना सहित नीतिगत कुरामा ध्यान दिने ।

ग. गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्थायित्वका लागि आवश्यक कार्यक्रमहरु अघि बढाउने ।

सामुहिक एजेण्डा

क. नेपालीका लागि नेपाली र एक फेरिको नेपाली संधैको नेपाली भन्ने नारालाई सार्थक बनाउन, गैरआवासीय नेपाली संघले भन्दै आएको नेपालमा ज्ञान, सीप, पुंजी र अनुभवहरुको लगानी गर्ने कार्यलाई गैरआवासीय नेपाली संघलाई एक टिमको रुपमा अघि बढाई, नेपालको चौतर्फि विकासमा टेवा पुरयाउने । नेपाल विकासको लागि एकल लगानी, सामूहिका लगानी, खुल्ला विश्वविद्यालयको अवधारणा, परोपकारी कार्यक्रम आदिमा अग्रसर रहन गैरआवासीय नेपालीहरुलाई प्रोत्सान गर्ने र सांगठनिक सहयोगका लागि तत्पर रहने ।

ख. नेपालमा शान्ति स्थापना र संविधान निर्माणका लागि पूर्णरुपमा गैरआवासीय नेपालीहरुको तर्फबाट नेपाल सरकार, राजनीतिक दल, नागरिक समाज तथा समग्र नेपाली समाजलाई सहयोग गर्नुको साथै, राष्ट्रहितका यी महत्वपूर्ण कामलाई फत्ते गर्न नेपाल सरकार र राजनीतिक दलहरुलाई सदैव रचनात्मक दवाव सहित अनुरोध गर्ने ।

ग. विदेशी नागरिकता लिए पनि नेपाली नागरिकता त्याग्न नपर्ने प्रावधान आगामी संविधानमा राख्न राजनीतिक दलहरुलाई अनुरोध गरी तार्किक निष्कर्शमा पुरयाउने ।

घ. सरकारलाई गैरआवासीय नेपाली ऐनलाई संसोधन गर्न अनुरोध गरि गैरआवासीय नेपालीको परिभाषालाई ऐनमा सच्चाउने । गैरआवासीय नेपाली संघको विधान अनुरुपको १८२ दिन भन्दा बढी सार्क मुलुक बाहेकका देशमा बसोबास गर्ने नेपाली तथा नेपाली मुलका विदेशीलाई गैरआवासीय नेपालीको परिभाषामा समेट्ने । यसैलाई आधार बनाएर संस्था दर्ता गर्ने ।

ङ. वैदेशिक रोजगारमा सजिलोपन, श्रम अधिकार, सुरक्षा सहित वैदेशिका रोजगारलाई संस्थागत गर्न भरपुर मेहेनत गर्ने ।

च. अहिले सम्म गैरआवासीय नेपाली संघले उठाएका एजेण्डाहरुलाई पूर्णता दिने आदि ।

प्रतिवद्धता

संचार माध्यमलाई पूर्णरुपमा सदुपयोग गर्दै म, १ दिनमा १२ घण्टा भन्दा बढि संघका कामहरुलाई प्रत्यक्ष रुपमा रेस्पोन्स गर्न सक्ने महासचिवका रुपमा आफुलाई अघि बढाउने छु । अहिले मेरा अधिकांश मय कम्प्युटर, इन्टरनेट, मेल, फेसबुक, स्काईप, आईफोन आदिको बीचमा बित्ने गरेको छ, त्यसैले गर्दा यो संवभ छ । म कुनै साथीहरुलाई पनि महासचिवसंग संवाद गर्न नपाएको कुराको आभाष नहुने तरिकाबाट काम अघि बढाउने छु ।

अनुभव

गैरआवासीय नेपाली संघ (एनआरएनए) संग

– गैरआबासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति जापान : महासचिव २००४ – २००६

– गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् : सदस्य २००५ – २००९

– गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् : प्रवक्ता २००९ – २०११

मुख्य कामहरु

– गैरआबासीय नेपाली संघ जापानाको प्रथम राष्ट्रिय अधिवेशन २००६: संयोजक

– प्रथम एसिया प्यासिफिक क्षेत्रिय भेला (सिंगापुर) २००७: संयोजक

– तेस्रो विश्व सम्मेलनमा प्रकाशित सोभिनियर २००७: प्रधान सम्पादक

– दोश्रो एसिया प्यासिफिक क्षेत्रिय भेला मलेसिया २००९: संयोजक

आदि

अन्य संघ संस्था

– नेपाली विद्यार्थी समाज जापान: अध्यक्ष

– अन्तरराष्ट्रिय साहित्य (अनेसास) समाज, जापान च्याप्टर : अध्यक्ष

– अन्तररार्ष्ट्रिय नेपाली साहित्य (अनेसास) केन्द्र: अध्यक्ष

– अनलाइन पत्रिका, नेपाल जापान डट कम: संस्थापक प्रधान सम्पादक

शिक्षा

– सिद्धार्थी बनस्थलि मा, बि : विद्यालय स्तर

– सोफिया विश्वविद्यालय, टोकियो : स्नात्तक, स्नाकोत्तर, पिएचडि (विषय : इलेक्ट्रिकल इलेक्ट्रोनिक्स इञ्जिनियरिङ)

पेसा

– हिताची गुप्र अन्तर्गत : हिताची ग्लोवल स्टोरेज टेक्नोरोजिस्

( प्रडक्ट डेभलपमेन्ट)

प्रकाशन

– १ दर्जन जति इञ्जिनियरिङ विषयमा अन्तर्राष्ट्रिय जर्नल र कन्फ्रेन्स प्रोसेडिङमा प्रकाशन

– बिभिन्न राष्ट्रिय दैनिक तथा अनलाइन मिडियामा लेख रचना

एवार्ड

– Outstanding Performance Award ‘2008 : हिताची ग्लोवल स्टोरेज टेक्नोरोजिस्

– अनेसास अनलाईन जर्नालिजम् एवार्ड ‘२००७

– अनेसास वेस्ट च्याप्टर एवार्ड ‘२००३

– जापानमा विदेशी विद्यार्थी निवन्ध लेखन प्रतियोगिता, दोश्रो स्थान ( आयोजक: टोकियो सिनबुन, टोक्यो दैनिक प्रत्रिका) ‘१९९८

– जापानमा विदेशी विद्यार्थी निवन्ध लेखन तथा ग्राण्ड प्रतियोगिता, छनौट ( आयोजक: सान्केई सिन्बुन, सान्केई दैनिक प्रत्रिका) ‘१९९६

– जापानमा विदेशी विद्यार्थी जापानी भाषा राष्ट्रिय वतृत्वकला प्रतियोगिता, मिनिस्ट्रि अफ एजुकेसन, र्स्पोट्स, साईन्स एण्ड टेक्नोलोजि एवार्ड (आयोजक : YMCA Japan) ‘१९९४

– जापानी भाषा वतृत्वकला प्रतियोगिता, प्रिन्सिपल एवार्ड (आयोजक : International Student Institute, Japan) ‘१९९३

 

डा.कुमार बस्नेत

गैरआवासीय नेपाली संघ (एनआरएनए)

अन्तरार्ष्ट्रिय समन्वय परिषद्

वर्तमान प्रवक्ता

योकोहामा, जापान

तपाईको प्रतिक्रिया