मंगलबार, जेठ ०१, २०८१
Tuesday, May 14, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

श्रीसूर्य उत्तरायण,ग्रीष्मर्तुः,राक्षस नाम संवत्सर,श्रीशाके १९४३,सम्वत २०७८ साल आषाढ १२ गते शनिबार नेपाल सम्बत ११४१ तछलागा तदनुसार सन् २०२१ जून २६ तारिक कृष्णपक्ष द्वितीया तिथि राती ८ वजेर २८ मिनेटसम्म ( जापानमा राती ११ वजेर ४३ मिनेटसम्म ),पूर्वषाढा नक्षत्र प्रातः ६ वजेर ३६ मिनेटसम्म ( जापानमा विहान ९ वजेर ५१ मिनेटसम्म ),ऐन्द्रियोग,तैतिलकरण,आनन्दादियोग मातङ्ग,सूर्य मिथुन राशिमा,चन्द्रमा मध्यान्ह १२ वजेर २० मिनेटसम्म ( जापानमा अपरान्ह ३ वजेर ३५ मिनेटसम्म ) धनु उप्रान्त मकर राशीमा । योगिनी उत्तर दिशामा,काल पूर्व दिशामा पाश पश्चिम दिशामा,चन्द्रमा मध्यान्ह १२ वजेर २० मिनेटसम्म पूर्व उप्रान्त दक्षिण दिशामा र शुक्र पश्चिम दिशामा दिनभर भ्रमण गर्ने छन् ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): प्रातकाल ठीकै ठीकै देखिन्छ । कामले पूर्ण गति लिने छैन । मध्यान्हबाट समय केहि अनुकुल हुनेछ । रोकिएका कामले गति लिनेछ । विरोध गर्ने पनि समर्थनमा आउनेछन् । नोकरी तथा राजनीतिमा अवसरको खोजी हुनेछ । प्रयास र प्रयत्न सफल हुनेछन् । उधारो कारोवार नगर्नु होला । उद्योग,पराक्रम बढ्नेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): पूर्वान्ह प्रतिकुल नै देखिन्छ । समस्याबाट मुक्ति मिल्ने छैन । प्रतिष्ठामा आच आउन सक्छ । मध्यान्हबाट समय सामान्यकरण हुदै जाने देखिन्छ । धार्मिक कार्यमा सरिक हुने अवस्था आउन सक्छ । मानसिक तनावमा कमि आउनेछ । घर परिवारको सहयोग पाईनेछ । आस्था र विश्वास बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): प्रातःकालमा गरेका काममा थोरै सफलता मिल्नेछ । व्यापारबाट अल्प लाभ हुनेछ । मध्यान्ह देखि समय प्रतिकुल हुनेछ । तपाईको स्वास्थ्य कमजोर बन्नेछ । घरको वातावरण पनि प्रतिकुल हुन सक्छ । आफुले चाहे जस्ता काम गर्न सकिने छैन । भौतिक सम्पति नास हुन सक्छ । चिन्ता थपिनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): थोरै प्रयत्न गरेमा पुराना समस्याको टुङ्गो लाग्न सक्छ । लगनशिल भई गरेका काम सफल हुनेछन् । अरुको भरमा काम नगर्नु बढि राम्रो हुनेछ । आर्थिक कारोवारमा विशेष चनाखो हुनुहोला । मध्यान्हबाट काममा सहजीकरण हुनेछ । स्वतन्त्र प्रकृतिका व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): काम गर्ने सहज वातावरण देखिन्न । संघर्ष गरेर अगाडि बढ्नु पर्ने देखिन्छ । रिस,डाहा गर्नेको संख्या बढ्नेछ । हेलचक्र्याई नगरि कार्य गोपनियता अप्नाई काम गर्नु होला । परिश्रमबाट मात्र उचित प्रतिफल मिल्नेछ । साझेदारी नगर्नु होला,स्वतन्त्र व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । आफन्तबाट अप्ठ्यारो पर्न सक्छ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): समस्याको भुमरीबाट उम्कन गाह्रो हुनेछ । काम गर्ने सहज वातावरण हुने छैन । भ्रमलाई चिरेर काम गर्नु पर्ने हुनेछ । हेलचक्र्याई गरेर काम गर्नु भयो भने उपलब्धिका अवसरहरु गुम्नेछन् । यात्रामा कठिनाई हुनेछ । आम्दानी खर्च बरावरै जस्तो हुनेछ । मानसिक तनाव बढ्नेछ । सहयोगको आशा राख्नु गलत हुनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): विहानमा गरेका काममा आँशिक सफलता मिल्नेछ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । मध्यान्हबाट समयले कम साथ दिनेछ । भौतिक सम्पति नोक्सान हुन सक्छ । काम गर्ने जोश जागर घट्नेछ । घर परिवारमा मनमुटाव बढ्नेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । साथि भाईबाट विश्वास घात हुनसक्छ ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दिनको पूर्वाद्ध भन्दा उत्तराद्र्ध बढि अनुकुल देखिन्छ । काम गर्ने जोश जागर बढ्नेछ । आफनै प्रयासमा नयाँ काम हात पार्न सकिनेछ । आर्थिक समस्या समाधान भएर जाने छन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । काम गरेर दाम कमाउने अवसर मिल्नेछ । बाहिरी काम काजमा समय बढि लगानी हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): पूर्वान्हमा गरेका केहि काम सम्पन्न हुनेछन् । मध्यान्हबाट समयले कम साथ दिनेछ । आफैले बोल्या कुराले आफैलाई अप्ठ्यारो पर्नेछ । नजिकका मानिसबाट विश्वास घात हुनेछ । संचित धनको नास हुने देखिन्छ । व्यापार व्यवसायबाट खासै लाभ लिन सकिने छैन । प्रयत्नपूर्वक गरेका काम भने केहि सफल हुनेछन् ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): पूर्वान्ह कमजोर देखिन्छ । हात पर्ने भन्दा गुमाउने काम बढि हुनेछ । मध्यान्ह पछि समयले विस्तारै साथ दिनेछ । समयमा निर्णय लिएर अगाडि बढ्नु पर्ने देखिन्छ । गरेका काम सफल हुनेछन् । आत्मविश्वास बढाउनु पर्ने देखिन्छ । व्यापार व्यवसायबाट विस्तारै आम्दानी बढ्नेछ । महत्वकाँक्षी योजनाहरु अगाडि बढ्ने छन् ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): कुनै काम गर्नु छ भने प्रातकालमा गर्नु होला आँशिक भए पनि सफलता मिल्नेछ । मध्यान्हबाट समयले साथ दिने छैन । कमाई भन्द ज्यादा खर्च हुनेछ । व्यापार व्यवसायमा विभिन्न खालका समस्या आउनेछन् । नगरेका कामको अपयश आई लाग्न सक्छ । स्वास्थ्यले पनि काम गर्न दिने छैन । अनावस्यक चिन्ता बढ्नेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): समग्रमा ग्रह गोचर सामान्य देखिन्छ । आम्दानीका हिसावले दिन उत्तम रहेको छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । थोरै प्रयत्न गरेमा पुराना समस्या सल्टिने छन् । खुट्टो तान्ने मात्र होइन सहयोग गर्ने पनि भेटिने छन् । भाग्यले कम साथ दिनेछ, कर्ममा जोड दिनु होला एजेन्सिका कामबाट बढि लाभान्वित हुनुहुनेछ ।

यात्र र युद्धमा सम्मुख काल पाश पार्नु हुदैन । काल दाहिने र पाश देव्रे शुभ हुन्छ । जुवा खेल्न,बहस गर्न,यात्रा र सङ्ग्राममा सम्मुख योगिनी वर्जित छ भने आफ्नो राशिमा चन्द्रमा हुदा यात्रा,युद्ध,विवाह,क्षौर कर्म र गृहप्रवेश गर्नु उचित मानिन्न । यात्रा गर्दा विशेष गरेर स्त्री जातिको लागि दाँया र सम्मुख शुक्र अशुभ मानिन्छ ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु ) नोटः- यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो ।

तपाईको प्रतिक्रिया