आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

ेष - च, चे, चो, ला, ल, लु, ले, लो, अ (Aries)

बष - इ, उ, , ओ, ब, बि, बु, े, ब (Taurus)

मिथन - ा, ि, कु, घ, , छ, के, को, ह (Gemini)

र् - हि, हु, हे, ह, डा, डि, डु, , ो (Cancer)

सिह - मा, म, मु, े, मो, टा, ि, ु, टे (Leo)

कनया - टो, प, पि, पु, , ण, ठ, पे, ो (Virgo)

तला - र, र, रु, े, रो, त, ति, त, त (Libra)

ृश्चिक - त, ा, न, नु, ने, न, य, यि, यु (Scorpio)

धनु - ये, य, , ि, भु, ध, फा, ढ, भे (Sagittarius)

मक - ो, ज, जि, खि, , खे, खो, गा, ग (Capricorn)

कुम्भ - ु, , गो, सा, ि, सु, से, सो, (Aquarius)

मी - दि, द, थ, , ञ, दे, द, च, च (Pisces)

सूर्य उत्तरायण,शिशिरर्तुः,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२,सम्वत २०७७ साल माघ १० गते शनिबार नेपाल सम्बत ११४१ पोहेलाथ्व,सन् २०२१ जनवरी २३ तारिक पौष शुक्लपक्ष दशमी तिथि राती ८ वजेसम्म(जापानमा राती ११ वजेर १५ मिनेटसम्म), कृतिका नक्षत्र राती ९ वजेर ६ मिनेटसम्म (जापानमा राती १२ वजेर २१ मिनेटसम्म), शुक्लयोग, तैतिलकरण, आनन्दादियोग ध्वज, सूर्य मकर राशिमा, चन्द्रमा वृष राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): घरमा सुख शान्ति कम मिल्नेछ । काम गर्दा विभिन्न झमेला आइलाग्ने छन् । प्रयत्न गरेमा काममा सफलता मिल्नेछ । समयमा सचेत हुनु आवस्यक छ । आर्थिक कारोवार गर्दा होशियार रहनु होला । साथी भाईको भर परेर काम गर्दा धोका हुनेछ । महत्वकाँक्षी योजनामा हात नहाल्नु होला । भाग्यले साथ दिदा केहि उपलब्धि हात लाग्नेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): शारीरिक एवं मानसिक रुपमा काम गर्न सक्षम हुनुहुनेछ । अरुको भर परेर काम नगर्नु होला । उत्तम आसन र भोजन प्राप्तिको योग देखिन्छ । भाग्यले कम साथ दिनेछ । साना तिना समस्यामा नअल्झि काम गर्नु होला । व्यापारबाट सामान्य आम्दानी हुनेछ । अध्ययन अध्यापन कार्यमा थोरै प्रगति हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): काम काजमा अवरोध आउने क्रम रोकिने छैन । अनावस्यक झमेला आई लाग्ने देखिन्छ । आर्थिक पक्ष दुर्वल बन्नेछ । व्यापार व्यवसायमा पनि मन्दि आउनेछ । आम्दानी भन्दा नोक्सान बढि होला । चोटपटको भय देखिन्छ जोखिम पूर्ण यात्रा नगर्नु होला । राज्यबाट दण्डित हुने अवस्था आउन सक्छ सतर्क रहनु होला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): गोचरबाट दिन अनुकुल नै देखिन्छ । पराक्रम बढ्नेछ । नसोचेका ठाँउबाट धन आउनेछ । व्यापारबाट आय आर्जन राम्रो हुनेछ । कुनै काम गर्नु छ भने समयमा गर्नु होला सधै समयले साथ दिने छैन । हतारमा गरेका कामबाट कम लाभ हुनेछ । धन सम्पतिको वृद्धि हुने योग छ । मिलेर भने पटक्कै काम नगर्नु होला ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आत्मविश्वास बढ्ने छ । लगनशिल भई काममा लाग्नु होला । विना मेहनत कहिबाट केहि मिल्ने छैन । खर्च मात्रै गरेर काम गर्छु भन्ने भ्रम पालेर नबस्नु होला । परिश्रमको फल राम्रो निस्कने छ । विशेष गरेर यान्त्रिक तथा औषधी चिकित्सा जस्ता व्यापार,पेशा व्यवसायबाट बढि लाभान्वित हुनुहुनेछ । शत्रु नास हुनेछन् ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): आफ्ना कामलाई केन्द्र विन्दु राखेर काम गर्नु होला । दिन आफ्नो लागि भन्दा अरुको लागि बढि हुनसक्छ । समयमा भने सामान्य सुधार आउनेछ । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । आफन्तबाट सामान्य सहयोग मिल्ने देखिन्छ । रोकिएका काम अगाडि बढ्ने छन् । पढाई लेखाईमा प्रगति हुनेछ । धर्मिक विश्वास बढ्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): समयले कम साथ दिएको देखिन्छ । काम गर्दा विभिन्न समस्या झेल्नु पर्नेछ । गरेका कामले पनि पूर्णता पाउने छैन । आस्था र विश्वास घट्नेछ । आलस्यता बढ्नेछ । मानसिक एवं शारीरिक दुर्वलता बढ्ने देखिन्छ । व्यापार व्यवसायमा मन्दि आउनेछ । अरुबाट सहयोगको आशा राख्नु गलत हुनेछ । लगानी नबढाउनु होला ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): सामान्यतया दिन अनुकुल नै देखिन्छ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । अरुको भर नपरि काम गर्नु होला । राजनैतिक गतिविधि अगाडि बढ्ने छन् । नोकरीमा नयाँ सम्भावना देखिने छन् । पढाई लेखाईमा खासै चासो बढ्ने छैन । श्रमको मुल्य मिल्नेछ । भाग्य भन्दा कर्म बलियो देखिन्छ । अग्नि तत्व प्रधान कामबाट बढि फाइदा हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): कार्य सम्पादनमा कठिनाई आउन सक्छ,धैर्यतापूर्वक काम गर्नु होला । गरेका अधिकाँक काम सफल हुनेछन् । मुद्धा मामिलामा विजय हात लाग्नेछ । अहार विहारमा ध्यान दिनु होला नत्र स्वास्थ्य कमजोर बन्नेछ । लेनदेन कारोवार गर्दा बढि चनाखो रहनु होला । झट्ट कसैलाई पनि विश्वास गरेर काम नगर्नु होला धोका हुनसक्छ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): अन्योलता बढ्न सक्छ भ्रमलाई चिरेर अगाडि बढ्नु होला । यात्रामा कष्ट हुने देखिन्छ । अरुको भरोसामा मात्रै काम नगर्नु होला । एउटा एउटा चिन्ताले छोड्ने छैन । व्यापारबाट सोचे जस्तो लाभ हुने छैन । आफ्नै कारण मित्र पनि टाढा हुनेछन् । विवादबाट टाढा वसेर काम गर्नु होला । भय आतुरमा गरेका कामले पोल्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): विना तयारी काम गर्दा सोचे जस्तो उपलब्धि हात पार्न सकिने छैन । लगनशिल भई काम गर्नु भएको खण्डमा थोरै भए पनि सफलता मिल्नेछ । पारिवारिक समस्या बढ्न सक्ने कुरालाई नकार्न सकिन्न । परभाव,परबन्धनको सम्भावना देखिन्छ । जोखिम मोलेर कुनै काम नगर्नु होला । मालसमान चोरी वा हराउन सक्छ चनाखो रहनुहोला ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): गरेका काम अधिकाँश सफल हुने देखिन्छ समयको सदुपयोग गर्न पछि नपर्नु होला । आफ्नै बाहुबलबाट धेरै काम सम्पादन हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन राम्रै होला । आफन्तजनको सहयोग पाईने छ । वैदेशिक मार्ग र शैक्षिक मार्ग कमजोर देखिन्छ । अन्य मार्ग सामान्य रहेका छन् ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु ) नोटः- यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो ।

तपाईको प्रतिक्रिया