शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

सूर्य दक्षिणायनं,शरदृतुः,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२,सम्वत २०७७ साल कार्तिक ३ गते सोमबार नेपाल सम्बत ११४० कौलाथ्व,तदनुसार सन् २०२० अक्टोबर १९ तारिक आश्विन शुक्लपक्ष तृतीया तिथि साँझ ६ वजेर ४८ मिनेट सम्म ( जापानमा राती १० वजेर ३ मिनेटसम्म), विशखा नक्षत्र पूर्वान्ह ११ वजेर ७ मिनेटसम्म (जापानमा अपरान्ह २ वजेर २२ मिनेटसम्म), आयुष्मानयोग, तैतिलकरण, आनन्दादियोग मित्र, सूर्य तुला राशिमा, चन्द्रमा वृश्चिक राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): सोचाईको विपरित भोगाई हुनेछ । अनावस्यक दुःख,कष्ट हैरानी बढि हुनेछ । लगानी घाटामा जानेछ । खानपानका कारण स्वास्थ्यमा समस्या आउनेछ । गर्न लागेका काममा विभिन्न खालका अवरोध आउने देखिन्छ । गतिलो समाचार सुन्न पाईने छैन । सहयोगको आशा वोकेर गएका ठाँउबाट निराशा भएर फर्किनु पर्नेछ । व्यापार घट्नेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): शत्रुहरु आफै कमजोर भएर फर्किने छन् । विवादको अन्त्य हुनेछ । मनोबल र कार्य क्षमता बढ्ने छ । आफ्नै पहलमा धेरै काम बन्ने छन् । नयाँ कामको प्रस्ताव आउनेछ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न । जीवन साथीको सहयोगमा महत्व पूर्ण काम हुनेछन् । व्यापार व्यवसायमा सम्भावना राम्रै देखिन्छ । आम्दानी बढ्ला ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): गोपनियता भङ्ग नगर्नु होला आफन्त नै शत्रु हुन सक्छन् । काममा हेलचक्र्याई गरेमा अरुले फाइदा लुट्ने छन् । विना मेहनत फलको आश नगर्नु होला । परिश्रम अनुसारको फल भने पाईने छ । स्वास्थ्यमा थोरै ख्याल राख्नु पर्ने देखिन्छ । आय आर्जन बढ्नेछ । ऋण लगानी नगर्नु उत्तम देखिन्छ । गरेमा सुरक्षित विधि अप्नाउनु होला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): मनमा धेरै कुरा खेल्ने छन् । आफ्नै कारण काममा विलम्व हुने छ,जसका कारण अरुले फाइदा लुट्ने सम्भावना रहनेछ । समस्याको घेराबाट बाहिर निस्कने प्रयत्न गर्नु होला । व्यापारमा सामान्य सुधार आउनेछ । कला साहित्यमा अभिरुची बढ्नेछ । पारिवारिक सहयोग थोरै मिल्नेछ । सम्पतिको तृष्णा बढ्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): अनुत्पादक काममा समय बढि लगानी हुने देखिन्छ । घरयासी वस्तु खरीदमा धन बढि खर्च होला । व्यवसायिक गतिविधि अझेलमा पर्नेछन् । समयले सोचे जस्तो साथ दिने छैन । काम गर्ने जोश जागर घट्नेछ । मुखको सहयोग गर्ने धेरै हुनेछन् भने व्यवहारिक सहयोग गर्ने कम हुनेछन् । घरमा पारिवारिक जमघट बढ्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): साहासिक काम हुनेछन् । निर्णय क्षमता बढ्नेछ । तर कुनै पनि कामको बारेमा निर्णय लिदा एकपटक सोचेर लिनुहोला । आफ्नै पहलमा धेरै कामको छिनोफानो हुनेछ । इष्टमित्र साथी भाईको सहयोग सहानुभूति मिल्नेछ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । आर्थिक समस्या समाधान भएर जानेछन् । ज्ञान र शिपको विकाश हुनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): घर प्रयोजनका लागि सामान खरीदमा धेरै पैसा जानेछ । आफन्तको सुझाव सल्लाहा राम्रै मिल्नेछ । काम गर्दा आर्थिक कुरालाई ध्यान दिनु होला । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । हेलचक्र्याई नगरि प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । घर बाहिर बसेर काम गर्दा बढि आनन्द हुनेछ । शैक्षिक क्षेत्रमा प्रगति हुनेछ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): अनावस्यक खर्चमा कमि आउनेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । काम गर्ने जोश जागर बढ्नेछ । काममा सोचे भन्दा राम्रो प्रगति हुनेछ । औषधी चिकित्सा,यान्त्रिक,निर्माण व्यवसाय तथा प्राविधिक कामबाट बढि लाभान्वित हुनुहुनेछ । भोज भतेर सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ । पढाईमा प्रगति हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): समयले सोचे जस्तो साथ दिने छैन । मनमा गलत विचार जन्मिनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । बन्न लागेका काम विग्रिन सक्छन् सर्तक रहनु होला । शारीरिक दुर्वलता बढ्नेछ । लेनदेन कारोवार विग्रिन सक्छ । विश्वास गरेकाले धोका दिन सक्छन् । परभाव एवं परबन्धनको सम्भावनालाई नकार्न सकिन्न । अतिथि खर्च बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): सपना साकार हुने देखिन्छ । आकस्मिक आम्दानीको योग देखिन्छ । उधारो रकम उठ्नेछ । हिजोका असहयोगी आज सहयोगी बनेर आउने छन् । गरेका काम उदाहरणीय हुनेछन् । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन्, आम्दानी बढ्नेछ । जीवन साथीको सहयोग लिएर काम गर्दा बढि सफलता मिल्नेछ । मान्यजनको आशिर्वाद मिल्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): नकरात्मक सोच हट्नेछ । गतिरोधको अन्त्य हुनेछ । विगतमा देखिएका समस्या समाधान हुनेछन् । विरोधी शरणमा आउने बातावरण बन्ला । काम गर्ने जोश जागर बढ्नेछ । सहज र सरल विधिबाट कार्य सम्पादन हुनेछन् । सामाजिक उत्तरदायित्व बढ्नेछ । मान सम्मान पाईनेछ । व्यापारमा व्यवसायबाट सामान्य लाभ होला ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): समयमा विस्तारै सुधार आउने देखिन्छ । भ्रमबाट मुक्त हुनुहुनेछ । लेनदेन कारोवारमा सुधार आउनेछ । स्वास्थ्यम सुधार आउनेछ । धार्मिक यात्राको सम्भावना देखिन्छ । पढाई लेखाईमा थोरै ध्यान जानेछ । धार्मिक विश्वास बढ्नेछ । उपकारी काम हुनेछन् । व्यापार व्यवसायमा सामान्य सुधार आउनेछ । मान्यजनबाट सहयोग सहानुभूति मिल्नेछ ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु ) नोटः- यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो ।

तपाईको प्रतिक्रिया