आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

ेष - च, चे, चो, ला, ल, लु, ले, लो, अ (Aries)

बष - इ, उ, , ओ, ब, बि, बु, े, ब (Taurus)

मिथन - ा, ि, कु, घ, , छ, के, को, ह (Gemini)

र् - हि, हु, हे, ह, डा, डि, डु, , ो (Cancer)

सिह - मा, म, मु, े, मो, टा, ि, ु, टे (Leo)

कनया - टो, प, पि, पु, , ण, ठ, पे, ो (Virgo)

तला - र, र, रु, े, रो, त, ति, त, त (Libra)

ृश्चिक - त, ा, न, नु, ने, न, य, यि, यु (Scorpio)

धनु - ये, य, , ि, भु, ध, फा, ढ, भे (Sagittarius)

मक - ो, ज, जि, खि, , खे, खो, गा, ग (Capricorn)

कुम्भ - ु, , गो, सा, ि, सु, से, सो, (Aquarius)

मी - दि, द, थ, , ञ, दे, द, च, च (Pisces)

सूर्य दक्षिणायनं,वर्षर्तुः,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२,सम्वत २०७७ साल श्रावण २३ गते शुक्रबार नेपाल सम्बत ११४० गुंलागा,तदनुसार सन् २०२० अगस्त७ तारिक कृष्णपक्ष चतुर्थी तिथि राती१२ वजेर २५ मिनेटसम्म (जापानमा राती ३ वजेर ४० मिनेटसम्म ),पूर्वभाद्रा नक्षत्र अपरान्ह १ वजेर १४ मिनेटसम्म ( जापानमा अपरान्ह ४ वजेर २९ मिनेटसम्म ),अतिगण्डयोग,बवकरण,आनन्दादियोग ध्वाँक्ष,सूर्य कर्कट राशीमा,चन्द्रमा विहान ६ वजेर ४१ मिनेटसम्म ( जापानमा विहान ९ वजेर ५६ मिनेटसम्म ) कुम्भ उप्रान्त मीन राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): समयले कम साथ दिनेछ । मिलेर काम गर्दा डुविनेछ । गलत चिन्तनको शिकार हुने देखिन्छ । दुर्जनहरु पछि लाग्नेछन् । आर्थिक हिनामिना बढि हुनसक्छ । नयाँ क्षेत्रमा लगानी बढाउदा डुब्ने सम्भावना बढि देखिन्छ । परभाव, परबन्धनको सम्भावनालाई नकार्न सकिन्न । इच्छा आकाँक्षा मर्ने छन् । अन्यायमा परिनेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):सुख,शान्तिमा थोरै वृद्धि हुनेछ । नोकरीमा पदोन्नतिको सम्भावना देखिन्छ । आकस्मिक आम्दानीको योग देखिन्छ । व्यापार व्यवासयबाट आम्दानी बढ्नेछ । घरमा मंगलिक कार्य हुन सक्ने कुरालाई नकार्न सकिन्न । राजनैतिक व्यक्तित्व सँगको भेटले उर्जा थपिनेछ । समयको सदुपयोग गर्नु होला नत्र पछि पश्चताप हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): समस्या समाधान भएर जानेछन् । सहज र सरल विधिबाट काम बन्ने छन् । आशा र भरोसा राख्ने धेरै हुनेछन् । सामाजिक उत्तरदायित्व वहन गर्नु पर्नेछ । आफन्तबाट सहयोग पाईनेछ । आर्थिक पक्ष दूर्वल हुदा काममा सामान्य ढिला सुस्ति हुनसक्छ । गएका ठाँउमा मान सम्मान मिल्नेछ । काम गर्ने जोश जागर बढ्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): हतारमा निर्णय लिएर फुर्सदमा पछुताउने काम हुनसक्छ त्यतातिर पनि ध्यान दिनुहोला । मानसिक तनावमा कमि आउनेछ । जीवन सगिनी र सन्तानबाट सुख मिल्नेछ । आर्थिक क्षेत्रमा सुधारका संकेत देखिने छन् । धार्मिक काममा अभिरुची बढ्नेछ । अरुको काममा बढि व्यस्त हुदा आफ्ना काम अधुरा रहने छन् ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समयको उपयोग गर्नु होला पछि यो समय आउने छैन । आयत निर्यात व्यापार व्यवसायबाटबाट लाभान्वित हुनुहुनेछ । आर्जित धनलाई वचतमा परिणत गर्न गाह्रो हुनेछ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न । लोभ मोह बढ्नेछ । काममा ढिला सुस्ति नगर्नु होला । पढाई लेखाईमा खासै प्रगति हुने छैन ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): बढि महत्वकाँक्षी नबनि काम गर्नु होला । हेलचक्र्याई भयो भने उपलब्धि गुम्नेछ । विरोधीको सामना गर्नु पर्नेछ । गोपनियता अप्नाएर कार्य योजना अगाडि बढाउनु होला । स्त्री एवं सन्तानको चिन्ताले छोड्ने छैन । मेहनतका साथ गरेका काम सफल हुनेछन् । संघर्षबाट मात्र लक्ष्यमा पुग्न सकिनेछ ।

 

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): समयमा पूर्ण सुधार देखिदैन तर समस्या भने केहि घट्ने छन् । सवैलाई आफ्नो ठान्नु धोका हुनसक्छ । दूर्जनका कारण धन खर्च हुनेछ । पढाई लेखाईमा मन जानेछ । वौद्धिक व्यक्तित्व सँग भेटघाट हुनेछ । सन्तान सुख कम मिल्नेछ । स्त्रीको सहयोग लिएर काम गर्दा केहि सहज हुनेछ । घर वाहिर बढि आनन्द मिल्नेछ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): विश्वास नगुमाई काम गर्नु होला । अलमलमा परेर काम गर्दा अवसर गुम्न सक्छ । मेहनतपूर्वक गरेका काम सफल हुनेछन् । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । व्यापार व्यवसायबाट सामान्य लाभ होला । विदेशको चहाना बढ्नेछ । अतिथि सत्कारमा धन खर्च हुनेछ । वाह्य सम्बन्धमा सुधार आउनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): पारिवारिक सुख शान्तिमा कमि आउनेछ । साथी भाईबाट व्यवहारिक होइन मुखको मात्र सहयोग पाईनेछ । धन सम्पतिको विषयलाई लिएर आफन्तमा मन मुटाव बढ्नेछ । राजनैतिक व्यक्तित्वको सहयोग लिएर काम गर्नु होला । व्यापार व्यवसायमा खासै प्रगति हुने छैन । अल्छिपन त्यागेर काम गर्नु होला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): स्वच्छ मनले,आत्मविश्वासका साथ कार्य क्षेत्रमा प्रवेश गर्नु होला दिन उत्तम रहेकोछ । विगतमा गर्न नसकेका काम गर्न सकिनेछ । वित्तिय क्षेत्रमा सुधार आउनेछ । परिवारको सहयोग लिएर काम गर्नु भयो भने अझ राम्रो हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आफ्नै बाहुबलमा आर्थिक उन्नति हुनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): राजनैतिक हतियार प्रयोग गरेर काम गर्नु होला । आफन्तबाट पराईको व्यवहार हुनसक्छ सचेत रहनुहोला । इच्छा आकाँक्षा बढि हुनेछन् परिपूर्ति भने कम हुनेछ । वोली कसैलाई नदिनु होला । प्रयत्न नगरि कुनै काम बन्ने छैनन । आम्दानी खर्चको सन्तुलन कायम राख्न सकिने छैन । ऋण लगानी नगर्नु होला ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): समय अनुकुल हुनेछ । अनावस्यक खर्चमा थोरै कमि आउनेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । इच्छा आकाँक्षा बढ्नेछन् । भोज भतेर सभा सम्मेलनमा भाग लिने अवसर मिल्न सक्छ । पारिवारिक सुख मिल्ने । अवसरको पूर्ण सदुपयोग गर्न पछि नपर्नु होला । काम गर्ने उत्साहा घट्ने छैन । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु ) नोटः- यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो ।

तपाईको प्रतिक्रिया