आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

ेष - च, चे, चो, ला, ल, लु, ले, लो, अ (Aries)

बष - इ, उ, , ओ, ब, बि, बु, े, ब (Taurus)

मिथन - ा, ि, कु, घ, , छ, के, को, ह (Gemini)

र् - हि, हु, हे, ह, डा, डि, डु, , ो (Cancer)

सिह - मा, म, मु, े, मो, टा, ि, ु, टे (Leo)

कनया - टो, प, पि, पु, , ण, ठ, पे, ो (Virgo)

तला - र, र, रु, े, रो, त, ति, त, त (Libra)

ृश्चिक - त, ा, न, नु, ने, न, य, यि, यु (Scorpio)

धनु - ये, य, , ि, भु, ध, फा, ढ, भे (Sagittarius)

मक - ो, ज, जि, खि, , खे, खो, गा, ग (Capricorn)

कुम्भ - ु, , गो, सा, ि, सु, से, सो, (Aquarius)

मी - दि, द, थ, , ञ, दे, द, च, च (Pisces)

सूर्य दक्षिणायनं,वर्षर्तुः,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२,सम्वत २०७७ साल श्रावण १८ गते रविबार नेपाल सम्बत ११४० गुंलाथ्व,तदनुसार सन् २०२० अगस्त २ तारिक शुक्लपक्ष चतुर्दशी तिथि राती ८ वजेर ५२ मिनेटसम्म(जापानमा राती १२ वजेर ७ मिनेटसम्म), पूर्वषाढा नक्षत्र विहान ७ वजेर २८ मिनेटसम्म (जापानमा विहान १० वजेर ४३ मिनेट सम्म, विष्कुम्भयोग, गरकरण, आनन्दादियोग शुभ, सूर्य कर्कट राशीमा, चन्द्रमा अपरान्ह १ वजेर २८ मिनेटसम्म (जापानमा अपरान्ह ४ वजेर ४३ मिनेटसम्म ) धनु उप्रान्त मकर राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): समयको गति सगै काममा सुधार आउनेछ । भाग्यले कम साथ दिनेछ । कार्य लगनशिलता बढ्नेछ । बहिर्मुखबाट अन्तर्मुखतिर लागिनेछ । अवरोध गर्नेहरु विस्तारै अस्ताउने छन् । विशेष गरेर अपरान्ह देखि समयले दिनेछ । नयाँ नयाँ अवसरको खोजी हुनेछ । प्रयास र प्रयत्न सफल हुनेछन् । व्यापारमा उधारो कारोवार नगर्नु होला ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): दिनको अधिकाँश समय प्रतिकुल देखिन्छ । समस्याबाट मुक्ति मिल्ने छैन । इज्जत प्रतिष्ठामा आच आउन सक्छ । अपरान्हबाट समय सामान्यकरण हुदै जाने देखिन्छ । धार्मिक कार्यमा सरिक हुने अवस्था आउन सक्छ । मानसिक तनावमा कमि आउनेछ । घर परिवारको सहयोग पाईनेछ । आस्था र विश्वास बढ्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): पूर्वान्ह जति अपरान्ह अनुकुल हुने छैन । समयमा गरेका कामबाट धेर थोर लाभ हुनेछ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । पारिवारिक सहयोग मिल्नेछ । अपरान्हबाट समय प्रतिकुल हुनेछ । तपाईको स्वास्थ्य कमजोर बन्नेछ । आफुले चाहे जस्ता काम गर्न सकिने छैन । भौतिक सम्पति नास हुन सक्छ । चिन्ता थपिनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): थोरै प्रयत्न गरेमा पुराना समस्याको टुङ्गो लाग्न सक्छ । लगनशिल भई गरेका काम सफल हुनेछन् । अरुको भरमा काम नगर्नु बढि राम्रो हुनेछ । आर्थिक कारोवारमा विशेष चनाखो हुनुहोला । अपरान्हबाट काममा सहजीकरण हुनेछ । स्वतन्त्र प्रकृतिका व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पारिवारिक सहयोगमा वृद्धि हुनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । काम गर्ने सहज वातावरण देखिन्न । संघर्ष गरेर अगाडि बढ्नु पर्ने देखिन्छ । रिस,डाहा गर्नेको संख्या बढ्नेछ । हेलचक्र्याई नगरि काम गर्नु होला । साँझपखको समय बढि तनाव पूर्ण हुनसक्छ । आफन्तबाट अप्ठ्यारो पर्न सक्छ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): समस्याको भुमरीबाट पार पाउने देखिन्न । सहज बातावरणमा काम गर्न पाईने छैन । भ्रमलाई चिरेर काम गर्नु होला । हेलचक्र्याई गरेर काम गर्नु भयो भने उपलब्धिका अवसरहरु गुम्नेछन् । यात्रामा कठिनाई हुनेछ । आम्दानी खर्च बरावरै जस्तो हुनेछ । मानसिक तनाव बढ्नेछ । सहयोगी हात कर्म फेला पर्ने छन् ।

 

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): आफुमा भएको उर्जाको प्रयोग गर्नु होला । समयमा गरेका काममा पूर्ण सफलता मिल्नेछ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । अपरान्हबाट समयले कम साथ दिनेछ । भौतिक सम्पति नोक्सान हुन सक्छ । काम गर्ने जोश जागर घट्नेछ । घर परिवारमा मनमुटाव बढ्नेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । राती समान चोरी हुनसक्छ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दिनको पूर्वाद्ध भन्दा उत्तराद्र्ध बढि अनुकुल देखिन्छ । काम गर्ने जोश जागर बढ्नेछ । आफनै प्रयासमा नयाँ काम हात पार्न सकिनेछ । आर्थिक समस्या समाधान भएर जाने छन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । काम गरेर दाम कमाउने अवसर मिल्नेछ । विदेशको चाहाना बढ्नेछ । बाह्य सम्बन्धमा सुधार आउनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): काम गर्नको लागि पूर्वान्ह जति सजिलो अपरान्ह हुने छैन । समयमा गरेका अधिकाँश काम सम्पन्न हुनेछन् । आर्थिक कारोवारमा थोरै सावधानी अप्नाउनु होला । साँझपख खर्च बढ्न सकछ । आफ्नै कुराले आफैलाई अप्ठ्यारो पर्न सक्छ । नजिकका मानिसबाट विश्वास घात हुने खतरा रहनेछ । व्यापारमा गिरावट आउनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): अधिकाँश समय अनुकुल देखिदैन । कमाउने भन्दा गुमाउने बढि हुनेछ । विश्वास गरेकाले धोका दिन सक्छन् । व्यापार व्यवसायबाट मुनाफा लिन सकिने छैन । आफन्तबाट झुट्टा आश्वासन मिल्नेछ । अपरान्हबाट समयमा सामान्य सुधार आउनेछ । आत्मविश्वास बढाउनु पर्ने देखिन्छ । नयाँ कार्य योजनाको बारेमा विचार विमर्श हुनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): समयको सदुपयोग गर्नु होला । समयमा गरेका अधिकाँश काममा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट आय आर्जन सन्तोषजनक नै हुनेछ । अपरान्ह देखि समय विस्तारै प्रतिकुल हुनेछ । देखिएका सम्भावना क्षीण भएर जानेछन् । अनावस्यक चिन्ता बढ्नेछ । राती धन सम्पति चोरी हुनसक्छ । गलत विचार बढ्नेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): समग्रमा ग्रह गोचर सामान्य अनुकुल देखिन्छ । आम्दानीका हिसावले दिन उत्तम रहेको छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । थोरै प्रयत्न गरेमा पुराना समस्या सल्टिने छन् । खुट्टो तान्न खोज्ने आफै तन्किने छन् । सहयोगी हात भेटिने छन् । भाग्यले साथ दिनेछ । एजेन्सिका कामबाट बढि लाभान्वित हुनुहुनेछ ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु ) नोटः- यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो ।

तपाईको प्रतिक्रिया