आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

ेष - च, चे, चो, ला, ल, लु, ले, लो, अ (Aries)

बष - इ, उ, , ओ, ब, बि, बु, े, ब (Taurus)

मिथन - ा, ि, कु, घ, , छ, के, को, ह (Gemini)

र् - हि, हु, हे, ह, डा, डि, डु, , ो (Cancer)

सिह - मा, म, मु, े, मो, टा, ि, ु, टे (Leo)

कनया - टो, प, पि, पु, , ण, ठ, पे, ो (Virgo)

तला - र, र, रु, े, रो, त, ति, त, त (Libra)

ृश्चिक - त, ा, न, नु, ने, न, य, यि, यु (Scorpio)

धनु - ये, य, , ि, भु, ध, फा, ढ, भे (Sagittarius)

मक - ो, ज, जि, खि, , खे, खो, गा, ग (Capricorn)

कुम्भ - ु, , गो, सा, ि, सु, से, सो, (Aquarius)

मी - दि, द, थ, , ञ, दे, द, च, च (Pisces)

सूर्य दक्षिणायनं,वर्षर्तुः,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२,सम्वत २०७७ साल श्रावण ३ गते शनिबार नेपाल सम्बत ११४० दिल्लागा तदनुसार,सन् २०२० जुलाई १८ तारिक कृष्णपक्ष त्रयोदशी तिथि राती ११ वजेर २० मिनेटसम्म (जापानमा राती २ वजेर ३५ मिनेटसम्म),मृगशिरा नक्षत्र राती ९ वजेसम्म (जापानमा राती १२ वजेर १५ मिनेटसम्म), ध्रुवयोग,गरकरण,आनन्दादियोग वज्र,सूर्य कर्कट राशीमा,चन्द्रमा विहान ८ वजेर २७ मिनेटसम्म (जापानमा पूर्वान्ह ११ वजेर ४२ मिनेटसम्म) वृष उप्रान्त मिथुन राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): काम गर्ने वातावरण सहज बन्दै जानेछ । मध्यान्ह पछिको समयले अझै साथ दिनेछ । आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ । साथी भाई इष्टमित्रको सहयोग सहानुभूति पनि मिल्नेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । नोकरी तथा राजनीतिमा कार्यभार थपिनेछ । कला सहित्य तथा यान्त्रिक काममा रुची बढ्नेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): समयलाई बुझेर काम गर्नु होला । काम गर्न पूर्वान्ह जति सहज मध्यान्ह पछि समय हुनेछैन । अरुको भरमा मात्रै काम नगर्नु होला । लगनशिलि भई गरेका काम सफल हुनेछन् । आर्थिक संरचनालाई नचलाइ काम गर्नु होला । पेशा परिवर्तनको चाहान बढ्नेछ । आफन्तका कारण विवाद फसिन सक्छ सचेत हुनुुहोला ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): पूर्वान्हमा कुनै काम नगर्नु होला असफल भईनेछ । मध्यान्ह पछि समयले विस्तारै साथ दिनेछ । बाधा व्यवधान हट्दै जानेछन् । कार्य लगनशिलता बढ्नेछ । काम गर्दा आर्थिक अभाव महशुस हुनेछ तर प्रयत्न गरेमा समाधान गर्न सकिने छ । अध्ययन अध्यापन कार्यमा प्रगति हुनेछ । अनुशन्धनात्मक कार्यमा बढि सफलता मिल्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): प्रातःकालमा गरेका अधिकाँश कामबाट लाभान्वित हुनुहुनेछ भने मध्यान्ह पछिका कामबाट गुमाउने मात्रै होला । खर्चका शिर्षक बढ्ने छन् । व्यापारबाट मुनाफ हराउनेछ । राम्रा काममा भन्दा नराम्रा काम बढि हुनेछन् । विश्वास गरेकाले धोका दिन सक्छन् । अनावस्यक विवाद पर्न सक्ने कुरालाई नकार्न सकिन्न । चोटपटकको भय देखिन्छ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समय अनुकुल छ भन्दा बढि हुने छैन । लगानी अनुसारको व्यापार व्यवसायबाट नाफा लिन सकिनेछ । आर्जन र भोर्जन राम्रै मिल्नेछ । कमाएको धनलाई बचाउने प्रयास गर्नुहोला । नोकरी तथा राजनीतिमा नयाँ ठाँउ मिल्न सक्छ । काम गरेर दाम कमाउने अवसरहर आउने छन् । शत्रुहरु कमजोर बन्ने छन् । समयको सदुपयोग गर्नुहोला ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): समयको गति सगै काममा सुधार आउनेछ । विशेष गरेर मध्यान्ह पछिको समय अनुकुल हुनेछ । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । आफन्तको सहयोग लिएर काम गर्ने योजना बन्नेछ । आर्थिक क्षेत्रमा सुधारका संकेत देखिने छन् । राजनीति विषयमा चासो बढ्नेछ तर उपलब्धि भने कम मिल्नेछ । यात्राको सम्भावना पनि देखिन्छ ।

 

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): काम गर्ने वातावरण अझै मिल्ने छैन । गलत चिन्तनको शिकार हुने सम्भावना देखिन्छ । अपरान्हबाट समयमा सामान्य सुधार आउनेछ । धार्मिक विश्वास बढ्नेछ । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । पठन पाठनमा भने सुधार आउनेछ । कुनै पनि काम गर्दा आफ्नो इज्जतको ख्याल राखेर गर्नु होला । अरुको भर नपर्नु होला ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): मध्यान्ह पूर्व गरेका अधिकाँश काम सफल हुनेछन् भने अपरान्हबाट काममा अवरोध आउने देखिन्छ । यात्रामा कठिनाई हुनेछ । अहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । व्यवसायिक गतिविध कम हुनेछन् । सम्पन्नोन्मुख काम पनि रोकिने छन् । व्यापार व्यवसायमा गिरावट आउने छ । जोखिम मोलेर काम नगर्नु होला ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): समस्या सँग खेली खेली कार्य सम्पादन गरिनेछ । नयाँ कार्य योजना अगाडि बढ्ने छन् । विवादको टुङ्गो लाग्नेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी बढ्नेछ । ऋण लगानीमा जोड नदिनु होला । मित्र चिनेर व्यवहार गर्नुहोला । उधारो कारोवार गर्दा पछि उठाउन गाह्रो हुनेछ । हरेक क्षेत्रमा कुटनैतिक विधि अप्नाएर अगाडि बढ्नु होला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): विना सोच विचार कुनै पनि काममा हात नहाल्नुहोला । योजनाबद्ध अगाडि बढ्नु पर्ने देखिन्छ । हेचक्र्याई गरेर काम गरेमा नोक्सान बढि हुनेछ । कला सहित्यमा अभिरुची बढ्नेछ । पठन पाठनमा प्रगति हुनेछ । विरोधीको सक्रियता बढ्ने हुदा काम गर्दा सजग रहनु होला । साझेदारी काम नगर्नु होला । विवादबाट टाढा बस्नु होला ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): समस्याको पहिचान गरेर मात्रै काम अगाडि बढाउनु होला । भ्रममा नपरि काम गर्नु होला । व्ययभार बढ्नाले आर्थिक सन्तुलन विग्रिनेछ । आशा गरेका ठाँउबाट सहयोग मिल्ने छैन । व्यापार व्यवसायबाट उचित मुनाफा लिन सकिने छैन । राज्य सँग सम्बन्धित काममा घाटा हुनेछ । भौतिक सुखानुभूति कम हुनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): कुनै कुराको टुङ्गो लगाउनु छ भने समयमा नै लगाउनु होला । मध्यान्ह पछिको समयले कम साथ दिनेछ । घर परिवारमा समस्या बढ्ने छन् । आफन्तबाट उचित सहयोग पाईने छैन । कार्य शिथिलता बढ्नेछ । व्यापार व्यवसायबाट समोचित लाभ लिन सकिने छैन । पढाई र सन्तानको विषयलाई लिएर सन्तोष लिन पाईने छैन । लगानी नबढाउनु होला ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु ) नोटः- यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो ।

तपाईको प्रतिक्रिया