आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

ेष - च, चे, चो, ला, ल, लु, ले, लो, अ (Aries)

बष - इ, उ, , ओ, ब, बि, बु, े, ब (Taurus)

मिथन - ा, ि, कु, घ, , छ, के, को, ह (Gemini)

र् - हि, हु, हे, ह, डा, डि, डु, , ो (Cancer)

सिह - मा, म, मु, े, मो, टा, ि, ु, टे (Leo)

कनया - टो, प, पि, पु, , ण, ठ, पे, ो (Virgo)

तला - र, र, रु, े, रो, त, ति, त, त (Libra)

ृश्चिक - त, ा, न, नु, ने, न, य, यि, यु (Scorpio)

धनु - ये, य, , ि, भु, ध, फा, ढ, भे (Sagittarius)

मक - ो, ज, जि, खि, , खे, खो, गा, ग (Capricorn)

कुम्भ - ु, , गो, सा, ि, सु, से, सो, (Aquarius)

मी - दि, द, थ, , ञ, दे, द, च, च (Pisces)

सूर्य उत्तरायण,ग्रीष्मर्तुः,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२,सम्वत २०७७ साल असार ३० गते मंगलबार नेपाल सम्बत ११४० दिल्लागा तदनुसार,सन् २०२० जुलाई १४ तारिक श्रावण कृष्णपक्ष नवमी तिथि अपरान्ह ६ वजेर ४९ मिनेटसम्म ( जापानमा राती १० वजेर ४ मिनेटसम्म ),अश्विनी नक्षत्र अपरान्ह १ वजेर ३७ मिनेटसम्म (जापानमा अपरान्ह ४ वजेर ५२ मिनेटसम्म ),धृतियोग,तैतिलकरण,आनन्दादियोग अमृत,सूर्य मिथुन राशीमा,चन्द्रमा मेष राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): काममा देखिएका समस्या कम हुनेछन् । शारीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । पढाई लेखाईमा थोरै ध्यान जानेछ । व्यापार व्यवसायमा सामान्य सुधार आउनेछ । अनावस्यक खर्चमा कमि आउनेछ । आफन्तबाट सहयोग सहानुभुति मिल्नेछ । महत्वकाँक्षा जाग्नेछ । उत्तम भोजन र आसन प्रप्तिको योग देखिन्छ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):अस्थिरता बढ्नेछ । कार्य लनगशिलता घट्दा उपलब्धि घट्नेछ । पिताको स्वास्थ्यमा समस्या आउन सक्छ । काम गर्दा आलोचना सहनु पर्नेछ । कसैबाट माया ममतामा पाईने छैन । फजुल खर्चमा वृद्धि हुनेछ । दुर्जनहरुले पिछा गर्ने छन् । व्यापारमा गरेको लगानी डुब्न सक्छ । परिश्रमको मुल्य लिन ठुलै कसरत गर्नु पर्नेछ । आस्था र विश्वासमा चोट लाग्न सक्छ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): मान्य जनको सहयोग सहानुभूति मिल्नेछ । आकस्मिक आम्दानीको योग देखिन्छ । व्यापार व्यवसायबाट आय आर्जन राम्रो हुनेछ । घर परिवारमा सुख,शान्ति मिल्नेछ । उधारो कारोवार नगर्नु होला । प्रयत्न गरेमा बक्यौता रकम उठ्नेछ । पुराना मित्रहरु भेटिने छन् । पढाई लेखाईमा प्रगति हुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): सकरात्म सोचको विकाश हुनेछ । असहज परिस्थितिको सामना हुनेछ । रोकिएका कामले गति लिनेछ । कर्म प्रप्तिको योग देखिन्छ । नोकरी तथा राजनीतिमा भूमिकाको खोजी हुनेछ तर प्राप्त गर्न गाह्रो हुनेछ । गुमेको विश्वास पलाउनेछ । कार्य क्षमता बढ्नेछ । सहयोगी मन भेटिने छन् । सामाजिक उत्तरदायित्व बहन गर्नु पर्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समयमा पूर्ण होईन आँशिक सुधार आउनेछ । आन्तरिक भन्दा बाह्य काम बढि हुनेछन् जसका कारण आफ्ना उपलब्धिका काम ओझेलमा पर्ने देखिन्छ । आशा र भरोसामा काम गर्दा पछि परिनेछ । घर डेराको समस्या पर्न सक्छ । पढाईमा रुची बढ्नेछ । धार्मिक क्रियाकलपमा सक्रियता बढ्नेछ । फलदायी यात्राको सम्भावना देखिन्छ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): हेलचक्र्याई नगर्नु होला,सोचेर काम गर्नु होला दिन प्रतिकुल बढि देखिन्छ । आशा र भरोसा निराशामा परिणत हुनेछ । काम गर्ने वातावरण भत्किने छ । दुष्टहरुको सक्रियता बढ्नेछ । दैनिका काममा समस्या आउनेछ । मानसिक तनाव बढ्नेछ । अहार विहार नमिल्दा स्वास्थ्य कमजोर हुनेछ । लगानी नबढाउनु होला ।

 

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): समयले साथ दिनेछ । हेलचक्र्याई नगरि काम गर्नु होला सपनाले साकार रुप लिनेछ । प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । पुराना समस्या समाधान हुनेछन् । दैनिका काममा प्रगति हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पारिवारिक सहयोग मिल्नेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आफ्नो काममा आफै लाग्नु होला । संघर्षबाट मात्र लक्ष्य भेटाईनेछ । शत्रुहरुले सहज रुपमा काम हुन दिने छैनन । प्रतिश्पर्धाबाट पछि नहट्नु होला अन्तिम परिणाम सुखद निस्कनेछ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । ऋणमा काम नगर्नु होला । मुद्धा मामिलामा जीत हुनेछ । शैक्षिक क्षेत्रमा प्रगति हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): मनमा दुविधा बढ्नेछ । समयमा निर्णय लिन सकिएन भने उपलब्धिका काम पछाडि धकेलिने छन् । आर्थिक कारोवारमा चनाखो रहनुहोला । इच्छा शक्ति कमजोर हुनेछ । वोलीको अनर्थ लगाउन सक्छन् । आफन्त पराई जस्ता हुनेछन् । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । अन्य काममा आँशिक सफलता मिल्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): शारीरिक एवं मानसिक रुपमा कमजोर महशुस हुनेछ । भाववेगमा आएर कुनै काम नगर्नु होला क्षति बढि हुनेछ । धन खर्च गरेर अरुलाई आफ्नो बनाउनुको कुनै अर्थ रहने छैन । विवादबाट टाढा बसेर काम गर्नु होला । झुट्टा कुराले सताउनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । संचित धन घट्नेछ । दुःख विसाउने चौतारी मिल्ने छैन ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा):साहास,धैर्यता र पराक्रम बढ्नेछ । प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । उपकारका काममा धन खर्च हुनेछ । पढाई लेखाईमा प्रगति हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । घर परिवार,साथी भाइबाट सहयोग मिल्नेछ । नोकरी तथा राजनीतिमा सक्रियता बढ्नेछ । आफ्नै पौरखमा रमाउनु पर्नेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): अरुको भरमा मात्र काम नगर्नु होला । आर्थिक कारोवारमा विशेष चनाखो रहनुहोला । वोलीको प्रभाव थोरै पर्नेछ । प्रयास र प्रयत्नहरु सफल हुनेछन् । व्यापार व्यवसायबाट मुनाफा कम हुनेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । नयाँ क्षेत्रमा लगानी गर्दा एक पटक सोचेर मात्र गर्नु होला । नोकरी तथा राजनीतिबाट सन्तुष्टि कम मिल्नेछ ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु )

तपाईको प्रतिक्रिया