आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

ेष - च, चे, चो, ला, ल, लु, ले, लो, अ (Aries)

बष - इ, उ, , ओ, ब, बि, बु, े, ब (Taurus)

मिथन - ा, ि, कु, घ, , छ, के, को, ह (Gemini)

र् - हि, हु, हे, ह, डा, डि, डु, , ो (Cancer)

सिह - मा, म, मु, े, मो, टा, ि, ु, टे (Leo)

कनया - टो, प, पि, पु, , ण, ठ, पे, ो (Virgo)

तला - र, र, रु, े, रो, त, ति, त, त (Libra)

ृश्चिक - त, ा, न, नु, ने, न, य, यि, यु (Scorpio)

धनु - ये, य, , ि, भु, ध, फा, ढ, भे (Sagittarius)

मक - ो, ज, जि, खि, , खे, खो, गा, ग (Capricorn)

कुम्भ - ु, , गो, सा, ि, सु, से, सो, (Aquarius)

मी - दि, द, थ, , ञ, दे, द, च, च (Pisces)

सूर्य उत्तरायण,ग्रीष्मर्तुः,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२,सम्वत २०७७ साल असार २७ गते शनिबार नेपाल सम्बत ११४० दिल्लागा तदनुसार,सन् २०२० जुलाई ११ तारिक श्रावण कृष्णपक्ष षष्ठी तिथि मध्यान्ह १२ वजेर ५८ मिनेटसम्म ( जापानमा अपरान्ह ४ वजेर १३ मिनेटसम्म ),पूर्वभाद्रा नक्षत्र विहान ५ वजेर ५९ मिनेटसम्म ( जापानमा विहान ९ वजेर १४ मिनेटसम्म ),शोभनयोग,वणिजकरण,आनन्दादियोग काल,सूर्य मिथुन राशीमा,चन्द्रमा मीन राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): हिसाव किताव राखेर काम गर्नु होला ढिला सुस्तिले व्यवहार विग्रिन सक्छ । विश्वासमा धोका हुनसक्छ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । आफन्तबाट बोलीको मात्र होइन व्यवहारिक सहयोग पनि पाईनेछ । विरोधीहरु कमजोर बन्नेछन् । नोकरी तथा राजनीतिबाट फाइदा लिन सकिनेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): कार्य क्षमता बढ्नेछ । सरल विधिबाट कार्य सम्पादन हुनेछन् । इज्जत प्रतिष्ठा वृद्धि हुने खालका काम हुनेछन् । पठन पाठनमा प्रगति हुनेछ । कुरा काट्नेहरु समर्थनमा आउने छन् । सामाजिक काममा अभिरुची बढ्नेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । आफन्तबाट सहयोग सल्लाहा सुझाव मिल्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): धर्म कर्म तिर मन जानेछ । अरुको भलाईमा आफ्नो भविष्य नदेख्नु होला । खानपानमा ध्यान दिनुहोला नत्र स्वास्थ्यमा समस्या आउनेछ । व्यापार व्यवसायमा खासै प्रगति हुने देखिन्न । यात्राको सम्भावना देखिन्छ । नोकरी तथा राजनीतिबाट सन्तुष्टि कम मिल्नेछ । पढाई लेखाईमा भने थोरै प्रगति हुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दिन प्रतिकुल देखिन्छ । वचाएर राखेका पौराणिक कुरा नष्ट हुनसक्छन् सचेत रहनु होला । सयोग गर्ने भन्द खुट्टो तान्नेको संख्या बढि हुनेछ । काम गर्ने बातावरण त्यति सहज देखिदैन । भाग्यले कम साथ दिनेछ । मानसिक तनाव बढ्न सक्छ । जोखिम मोलेर नयाँ क्षेत्रमा लगानी नबढाउनु होला ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समयको उपयोग गर्नु होला पछि यो समय आउने छैन । आयत निर्यात व्यापार व्यवसायबाटबाट लाभान्वित हुनुहुनेछ । आर्जित धनलाई वचतमा परिणत गर्न गाह्रो हुनेछ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न । लोभ मोह बढ्नेछ । काममा ढिला सुस्ति नगर्नु होला । पढाई लेखाईमा खासै प्रगति हुने छैन ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): बढि महत्वकाँक्षी नबनि काम गर्नु होला । हेलचक्र्याई भयो भने उपलब्धि गुम्नेछ । विरोधीको सामना गर्नु पर्नेछ । गोपनियता अप्नाएर कार्य योजना अगाडि बढाउनु होला । स्त्री एवं सन्तानको चिन्ताले छोड्ने छैन । मेहनतका साथ गरेका काम सफल हुनेछन् । संघर्षबाट मात्र लक्ष्यमा पुग्न सकिनेछ ।

 

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): अस्थिरताले अनिष्ट निम्त्याउने हुदा मनलाई नियन्त्रण गरेर काममा लाग्नु होला । मनोविकार त्यागेर अगाडि बढ्नु होला । घरका समस्याबाट पूर्ण मुक्ति मिल्ने छैन । घर बाहिर बसेर काम गर्दा बढि आनन्द मिल्नेछ । पढाई लेखाईमा थोरै ध्यान जानेछ । काममा आलटाल गर्दा अरुले फाइदा लिने छन् ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): कर्म हिनताको अवस्था आउन सक्छ । घरयासी खर्च वृद्धिले आर्थिक स्थिति कमजोर बन्नेछ । काम गर्ने जोश जागर घट्नेछ । मनमा एक प्रकारको चिन्ताले बास गरि रहनेछ । स्वास्थ्य कमजोर बन्ला । मनले सुख शान्तिको खोजी गर्नेछ । व्यापार व्यवसायमा मन्दि लाग्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): समयले सामान्य साथ दिनेछ । काम गर्ने वातावरण थोरै बन्नेछ । उद्योग,पराक्रम बढ्नेछ । व्यापार व्यवसायबाट आम्दानी राम्रो हुनेछ । आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ । काम गरेर अरुबाट प्रशंसा भने पाईने छैन,उल्टो कुरा काट्ने छन् । आर्थिक कारोवारमा भने सचेत रहनुहोला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): दिन मध्यम देखिन्छ । काममा स्थायीत्व दिनु पर्ने देखिन्छ । बोलिको प्रभाव थोरै पर्नेछ । इष्टमित्रबाट सहयोग कम मिल्नेछ । मेहनतपूर्वक गरेका काम सफल हुने छन् । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । मनमा भ्रम पालेर नबस्नु होला । जीवन साथीको सहयोग लिएर काम गर्नु होला ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): शरीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । काममा देखिएका समस्या कम भएर जाने छन् । अनावस्यक खर्चमा कमी आउनेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । भोज भतेर,सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ । धार्मिक कार्यमा सहभागि हुन पाईनेछ । सहयोगी मन भेटिने छन् ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): दिन त्यति अनुकुल देखिदैन । काम गर्ने बातावरण विग्रिनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । काम गर्दा विभिन्न खालका समस्या झेल्नु पर्नेछ । अनावस्यक खर्च बढ्नेछ । नगरेका कामको अपयश लिनु पर्नेछ । विश्वासमा धोका हुनसक्छ । नयाँ क्षेत्रमा धन लगानी नबढाउनु होला ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु ) नोटः- यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो ।

तपाईको प्रतिक्रिया