शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

ेष - च, चे, चो, ला, ल, लु, ले, लो, अ (Aries)

बष - इ, उ, , ओ, ब, बि, बु, े, ब (Taurus)

मिथन - ा, ि, कु, घ, , छ, के, को, ह (Gemini)

र् - हि, हु, हे, ह, डा, डि, डु, , ो (Cancer)

सिह - मा, म, मु, े, मो, टा, ि, ु, टे (Leo)

कनया - टो, प, पि, पु, , ण, ठ, पे, ो (Virgo)

तला - र, र, रु, े, रो, त, ति, त, त (Libra)

ृश्चिक - त, ा, न, नु, ने, न, य, यि, यु (Scorpio)

धनु - ये, य, , ि, भु, ध, फा, ढ, भे (Sagittarius)

मक - ो, ज, जि, खि, , खे, खो, गा, ग (Capricorn)

कुम्भ - ु, , गो, सा, ि, सु, से, सो, (Aquarius)

मी - दि, द, थ, , ञ, दे, द, च, च (Pisces)

सूर्य उत्तरायण,ग्रीष्मर्तुः,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२,सम्वत २०७७ साल ज्येष्ठ २० गते मंगलबार नेपाल सम्बत ११४० तछलाथ्व तदनुसार,सन् २०२० जून २ तारिक शुक्लपक्ष एकादशी तिथि विहान ९ वजेर ५६ मिनेटसम्म ( जापानमा अपरान्ह १ वजेर ११ मिनेटसम्म ),चित्रा नक्षत्र राती ९ वजेर ३३ मिनेटसम्म (जापानमा राती १२ वजेर ४८ मिनेटसम्म ),व्याघातयोग,विष्ठिकरण,आनन्दादियोग ध्वाँक्ष,सूर्य वृष राशीमा,चन्द्रमा विहान १० वजेर २२ मिनेटसम्म ( जापानमा अपरान्ह १ वजेर ३७ मिनेटसम्म ) कन्या उप्रान्त तुला राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): संघर्ष गरेर गन्तव्यमा पुगिनेछ । शत्रुहरु कमजोर भएर जाने छन् । अधुरा काम सम्पादन हुनेछन् । प्रतिश्पर्धा गरेर अगाडि बढ्नु होला । व्यापर व्यवसायबाट आम्दानी बढ्नेछ । स्वास्थ्य अनुकुल रहनेछ । पढाई लेखाईमा खासै प्रगति हुने छैन । पारिवारिक समस्या समाधान भएर जानेछन् । खेलाडीको लागि दिन बढि अनुकुल देखिन्छ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): काम गर्दा समस्या आउने छन् तर ती प्रयत्नबाट केहि समाधान हुनेछन् । दुविधा मुक्त भएर अगाडि बढ्नु होला । यात्रामा सामान्य समस्या आउन सक्छ । व्यापार व्यवसायबाट सोचे लाभ लिन सकिने छैन । आफुमा भएको उर्जालाई सहि प्रयोग गर्न सके केहि उपलब्धि हात लाग्नेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): आर्थिक पक्षले पिरोल्नेछ । पारिवारिक खर्च अत्याधिक हुनेछ । व्यापार व्यवसायबाट खासै लाभ लिन सकिने छैन । राज्यसँग सम्बन्धित काममा बढि समस्या आउने देखिन्छ । मनमा अशान्ति बढ्नेछ । भौतिक सुखमा कमि आउनेछ । अहार विहारका कारण स्वास्थ्यमा समस्या आउन सक्छ । आफन्त सँग मनमुटाव बढ्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समय सामान्य अनुकुल देखिन्छ । निणर्य क्षमता थोरै कमजोर देखिन्छ भने कार्य क्षमता बढ्नेछ । प्रयत्न गर्दा धेरै ठाँउमा सफलता मिल्नेछ । आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । आफ्नै बाहुबलबाट आर्थिक उन्नति गरिनेछ । अरुबाट सहयोग लिएर काम गर्ने सपना नदेख्नु होला ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): बाह्य कुरामा ध्यान नदिई काम गरेमा उपलब्धि हात लाग्नेछ । ऋण लगानीमा जोड नदिनु होला । अरुको भर नपर्नु होला आफुमा भएको उर्जाको प्रयोग गर्नु होला । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । पहिलो प्रयास असफल हुनसक्छ । दोहो¥याएर गरेका काम सफल हुनेछन् । कृषि औजार तथा यान्त्रिक कामबाट बढि लाभ हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): गतिरोधको अन्त्य हुनेछ । अनावस्यक खर्चमा कमि आउनेछ । रोकिएका काम अगाडि बढ्नेछ । काम गर्र्ने जोश जागर बढ्नेछ । भोज भतेरमा सहभागि हुने अवसर मिल्नेछ । व्यापारबाट सामान्य आम्दानी हुनेछ । आफन्तबाट कुराको सहयोग पाईनेछ तर व्यवहारिक सहयोग भने पाईने छैन । कुरा भन्दा काममा जोड दिनु होला ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): समय प्रतिकुल देखिन्छ । अस्थिरता बढ्नेछ । नयाँ काममा हात नहाल्नु होला । राम्रो गर्न खोज्दा नराम्रा हुनसक्छ । कर्म क्षेत्रमा चाण्डालको आगमन हुनसक्छ सतर्क रहनुहोला । विना उपलब्धिको यात्रा हुनसक्छ । व्यापार घट्नेछ भने खर्चमा वृद्धि हुनेछ । घरका समस्याले मनलाई अशान्ति बनाउनेछ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दिन सामान्य अनुकुल देखिन्छ । आकस्मिक आम्दानीको योग देखिन्छ । ज्ञान,शिप र वुद्धिको विकास हुनेछ । पारिवारिक सुख शान्ति बढ्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । महत्वकाँक्षी योजना अगाडि बढ्ने छन् । अध्ययन अध्यापन कार्य अगाडि बढ्ने छन् । राजनीति तथा नोकरीबाट भने कम सन्तुष्टि मिल्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): समयले साथ दिनेछ । बाधा अवरोधहरु विस्तारै किनारा लाग्ने छन् । कामलाई निरन्तरता दिनु होला । सहज र सरल विधिबाट कार्य सम्पादन हुनेछन् । आर्थिक कारोवारमा सचेत रहनु होला । आन्तरिक कुरा कसैलाई नखोल्नु होला । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । सामाजिक उत्तरदायित्व बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): समयमा सामान्य सुधार आउनेछ तर पूर्ण साथ भने दिने छैन । स्पष्ट कार्य योजना बनाएर अगाडि बढ्नु होला । लगनशिल भई गरेका केहि उपलब्धिका काम सफल हुनेछन् । साझेदारी काममा हात नहाल्नु होला । नोकरी तथा राजनीतिमा भूमिकाको खोजी हुनेछ । यात्राको सम्भावनालाई नकार्न सकिन्न । उपकारी काम हुनेछन् ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): दिन प्रतिकुल बन्नेछ । अन्तिम चरणमा पुगेका काम रोकिन सक्छन् । परिश्रम खेर जान सक्छ । विश्वासमा धोका हुनसक्छ । काम गर्ने वातावरण विग्रेने छ । खानपानका कारण स्वास्थ्यमा समस्या आउनेछ । कहि कतैबाट आस्था र विश्वासमा चोट पुग्न सक्छ । खर्चालु र कष्टपूर्ण यात्रा हुनसक्छ । व्यापार व्यवसायमा गरेको लगानी डुब्न सक्छ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): काम गर्ने वातावरण बन्नेछ । प्रयत्न गर्दा नयाँ काम हात पार्न सकिने छ । आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आर्थिक कारोवारमा विशेष चनाखो रहनु होला । दामपत्य जीवनमा सामान्य सुखानुभूति हुनेछ । नोकरी तथा राजनीतिमा सोचे जस्तो सफलता मिल्ने छैन । यात्राको सम्भावनालाई नकार्न सकिन्न ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु )

नोटः- यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो ।

तपाईको प्रतिक्रिया