शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

ेष - च, चे, चो, ला, ल, लु, ले, लो, अ (Aries)

बष - इ, उ, , ओ, ब, बि, बु, े, ब (Taurus)

मिथन - ा, ि, कु, घ, , छ, के, को, ह (Gemini)

र् - हि, हु, हे, ह, डा, डि, डु, , ो (Cancer)

सिह - मा, म, मु, े, मो, टा, ि, ु, टे (Leo)

कनया - टो, प, पि, पु, , ण, ठ, पे, ो (Virgo)

तला - र, र, रु, े, रो, त, ति, त, त (Libra)

ृश्चिक - त, ा, न, नु, ने, न, य, यि, यु (Scorpio)

धनु - ये, य, , ि, भु, ध, फा, ढ, भे (Sagittarius)

मक - ो, ज, जि, खि, , खे, खो, गा, ग (Capricorn)

कुम्भ - ु, , गो, सा, ि, सु, से, सो, (Aquarius)

मी - दि, द, थ, , ञ, दे, द, च, च (Pisces)

सूर्य उत्तरायण,वसन्तर्तुः,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२,सम्वत २०७७ साल वैशाख २७ गते शनिबार नेपाल सम्बत ११४० वछलागा तदनुसार सन् २०२० मे ९ तारिक कृष्णपक्ष द्वितया तिथि अपरान्ह १ वजेर ८ मिनेटसम्म (जापानमा अपरान्ह ३ वजेर २३ मिनेटसम्म), अनुराधा नक्षत्र विहान ९ वजेर २० मिनेटसम्म (जापानमा मध्यान्ह १२ वजेर ३५ मिनेटसम्म), परिघयोग, गरकरण, आनन्दादियोग अमृत, सूर्य मेष राशीमा, चन्द्रमा वृश्चिक राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): कुनै क्षेत्रमा पनि हेलचक्र्याई नगरि काम गर्नु होला । सहज र सरल तरिकाबाट अनुकुल वातावरणमा काम गर्न पाईने छैन । व्यापार व्यवसायमा आएको मन्दि कायम रहनेछ । आफन्तले धोका दिने छन् । आफ्नो धन अरुको लागि खर्च गर्नु पर्ला । अहार विहार नमिल्दा स्वास्थ्यमा समस्या आउन सक्छ । वेचैनी बढ्नेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): समयको महत्व वुझेर काम गर्नु होला नत्र आएको अवसर पनि गुम्न सक्छ । समयमा गरेका काम प्राय सफल हुने छन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । जीवन साथिको सहयोगमा महत्वपूर्ण काम बन्ने छन् । यात्राको सम्भावनालाई नकार्न सकिन्न । वैदेशिक क्षेत्रबाट लाभान्वित हुनुहुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): विरोधिको सक्रियताले काममा अप्ठ्यारो पर्न सक्छ सजग भएर काम गर्नु होला । प्रयत्नपूर्वक गरेका काम सफल हुने छन् । व्यापार व्यवसायमा सुधार आउने देखिन्छ । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । समयको गति सगै काममा सरलता आउनेछ । शत्रुहरु कमजोर हुदै जानेछन् । आफन्तबाट सहयोग मिल्नेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): सचेतर भएर काम गर्नु होला । हेलचक्र्याई गरेमा दुःख पाउनु हुनेछ । अनावस्यक चिन्ताले छोड्ने छैन । अरुले भ्रम छर्न सक्छन् विना सोच विचार कहि कतै हात नहाल्नु होला । पढाईमा अप्ठ्यारो हुन सक्छ । लगनशिल भई गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट सामान्य आम्दानी बढ्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): घरपरिवारमा दुख कष्ट हैरानी हुन सक्छ । काम गर्ने जोश जागर मर्नेछ । व्यापार व्यवसायमा अवनति हुनेछ । बचाएर राखेको धन खर्च हुन सक्ने कुरालाई नकार्न सकिन्न । घरमा अतिथि आउनेछन् व्यवस्थापन गर्न गाह्रो हुनेछ । सहयोग गर्ने कोहि भेटिने छैन उल्टो कुरा काटेर बस्ने छन् ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): अरान्ह पूर्व काममा आशा गरे भन्द बढि सफलता मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । काम गर्ने जोश जागर घट्ने छैन । आफन्तबाट सहयोग पाईनेछ । नोकरी तथा राजनीतिमा अवसरको खोेजी होला । अपरान्हबाट भने समयले कम साथ दिनेछ । काममा विभिन्न समस्या आउने संकेत मिल्नेछ । खर्च बढ्नेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): ग्रह, गोचर ठीकै देखिन्छ । दिनको पूर्वान्ह भन्दा अपरान्ह बढि अनुकुल हुनेछ । आफ्ना कुरा आफैमा सिमित राख्नु होला । काम गर्न सके दाम कमाउन सकिनेछ । आफन्त भए पनि धन दिने काम सके सम्म नगर्नु होला । प्रयत्नपूर्वक गरेमा काम सफल हुने छन् । साँझपख कामले गति लिनेछ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दुविधा हट्ने छन् । जोश जागरका साथ कर्म क्षेत्रमा लागिनेछ । गरेका अधिकाँश काम सफल हुनेछन् । उत्तम भोजन र आसन प्राप्तिको योग देखिन्छ । व्यापार व्यवसायमा उन्नति प्रगति हुनेछ । वौद्धिक व्यक्तित्वसँग सामिप्यता बढ्नेछ । आर्थिक कारोवारमा भने सचेत रहनु होला नत्र दिएको धन डुब्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): समय त्यति अनुकुल देखिन्न नयाँ काममा हात हाल्नु पूर्व एकपटक सोच्नु होला । गरेका कामबाट आफु भन्दा अरु लाभान्वित हुनेछन् । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । व्यर्थको घुमाई फिराई बढि होला । मिथ्या कुराले सताउनेछ । अरुको काम गरेर जश पाईने छैन ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): दिनको अधिकाँश समय अनुकुल नै देखिन्छ । अस्थिर मन लिएर काम नगर्नु होला । परिवारको सहयोगमा काम बन्ने छन् । व्यापार व्यवसायबाट आफुले सोचे भन्दा राम्रो आम्दानी हुनेछ । मनमा भएका भ्रम हटेर जाने छन् । सुखद समाचार मिल्नेछ । परोपकारी कामहरु हुनेछन् ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): काममा देखिएका समस्या हटेर जानेछन् । कार्य क्षमता र दक्षता बढ्नेछ । धेरै काम सजिलै बन्नेछन् । नोकरी तथा राजनीतिमा आँशिक सफलता मिल्नेछ । विरोधीका कारण लाभान्वित हुनुहुनेछ । आकस्मिक धन हात पर्ने योग छ । व्यापार व्यवसायबाट पनि आय आर्जन बढ्नेछ । आफन्तहरुबाट सहयोग मिल्नेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): समयको गति सगै समयमा सुधार आउनेछ । मानसिक तनावमा कमी आउनेछ । वैदेशिक यात्रा सम्भावनालाई नकार्न सकिन्न । पढाई लेखाईमा थोरै ध्यान जानेछ । अरुका काममा समय बढि दिदा आफ्ना धेरै काम अधुरा रहने छन् । पुण्य कामको लागि निमन्त्रण आउनेछ । छोटो दुरीको यात्रा हुनेछ ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु )

नोटः- यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो ।

तपाईको प्रतिक्रिया