शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

ेष - च, चे, चो, ला, ल, लु, ले, लो, अ (Aries)

बष - इ, उ, , ओ, ब, बि, बु, े, ब (Taurus)

मिथन - ा, ि, कु, घ, , छ, के, को, ह (Gemini)

र् - हि, हु, हे, ह, डा, डि, डु, , ो (Cancer)

सिह - मा, म, मु, े, मो, टा, ि, ु, टे (Leo)

कनया - टो, प, पि, पु, , ण, ठ, पे, ो (Virgo)

तला - र, र, रु, े, रो, त, ति, त, त (Libra)

ृश्चिक - त, ा, न, नु, ने, न, य, यि, यु (Scorpio)

धनु - ये, य, , ि, भु, ध, फा, ढ, भे (Sagittarius)

मक - ो, ज, जि, खि, , खे, खो, गा, ग (Capricorn)

कुम्भ - ु, , गो, सा, ि, सु, से, सो, (Aquarius)

मी - दि, द, थ, , ञ, दे, द, च, च (Pisces)

सूर्य उत्तरायण,वसन्तर्तुः,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२,सम्वत २०७७ साल वैशाख २४ गते बुधबार नेपाल सम्बत ११४० वछलाथ्व तदनुसार सन् २०२० मे ६ तारिक शुक्लपक्ष चतुर्दशी तिथि साँझ ७ वजेर २१ मिनेटसम्म (जापानमा १० वजेर ३६ मिनेटसम्म), चित्रा नक्षत्र अपरान्ह १ वजेर २३ मिनेटसम्म (जापानमा अपरान्ह ४ वजेर ३८ मिनेटसम्म), सिद्धियोग, गरकरण, आनन्दादियोग काल, सूर्य मेष राशीमा, चन्द्रमा तुला राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): प्रातःकाल भन्दा मध्यान्हकाल पछिको समय बढि अनुकुल हुनेछ । नोकरी तथा राजनीतिमा भूमिकाको खोजी हुनेछ । बादविबाद मुद्धा मामिलामा जीत हुनेछ । लोभमोह बढ्नेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । व्यापारबाट आम्दानी बढ्नेछ । बैदेशिक कार्यमा आँशिक सफलता मिल्नेछ । पढाईमा ध्यान जानेछ । यात्राको सम्भावनालाई नकार्न सकिन्न ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): मनमा शान्ति मिल्ने छैन । विरोधी सल्बलाउने छन तर तीनले केहि गर्न सक्ने छैनन । गोप्य सूचना भने नचुहाउनु होला । संघर्षबाट सफलताका सिढि चढ्न पाईनेछ । व्यापारमा क्रमिक सुधार आउनेछ । सुरक्षित आर्थिक करोवार गर्नु होला । शैक्षिक क्षेत्रमा प्रगति कम हुनेछ । प्रतिश्पर्धाबाट नभागि अगाडि बढ्नु होला । अरुको भरु नपर्नु होला ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): समस्याबाट पूर्ण मुक्ति मिल्ने छैन । मध्यान्ह पछि समयमा थोरै सुधार आउनेछ । आफुमा भएको ज्ञान शिपको प्रयोग गरी काम गर्नु होला । समयमा निर्णय लिन सकिएन भने आफ्नो ठाँउ अरुले लिने छन् । आलस्यता बढ्नेछ । पढाई लेखाईमा अवरोध आउनेछ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । चल सम्पतिको अभावमा काम गर्न गाह्रो हुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): मध्यान्ह पछि समयले कम साथ दिनेछ । शरीरिक एवं मानसिक शिथिलता बढ्नेछ । भाई बन्धुको सहयोग कम मिल्नेछ । विवादित काममा हात नहाल्नु होला । धन सम्पतिको विषयलाई लिएर आफन्तमा विवाद बढ्न सक्छ । घरपरिवारमा समस्या आउन सक्छ । व्यापारमा मन्दि आउनेछ । समस्या घट्ने भन्दा बढ्ने देखिन्छ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): राजनीतिमा चासो बढ्नेछ । आफ्नै बाहुबलबाट आर्थिक उन्नति हुनेछ । बाहिरी कामलाई कम प्राथमिकता दिनु होला । साहास,धैर्यता र पराक्रम बढ्नेछ । घर परिवारबाट सहयोग मिल्नेछ । नोकरीबाट लाभान्वित हुनुहुनेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । अध्ययन अध्यापन कार्यमा प्रगति हुनेछ । बौद्धिक व्यक्तित्व सँग भेटघाट हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): राम्रो वोल्दा नराम्रो हुनसक्छ । कमाईमा भन्दा रमाईमा बढि समय जानेछ । ईष्टमित्रबाट सहयोग पाईने छैन । घरका समस्या मिलाउन समय लाग्नेछ । ऋण लगानीमा जोड नदिनु होला । वचाएर राखेको धन सकिनेछ । व्यापार व्यवसायमा आएको मन्दि कायम रहला । हतारमा गरेका काम विग्रिने छन् । धोका खाईनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): विहानको समय अनुकुल देखिन्न । मध्यान्हबाट समयले साथ दिनेछ । शारीरिक एवं मानसिक रुपमा काम गर्न सक्षम हुनु हुनेछ तर भ्रमबाट मुक्त भएर अगाडि बढ्नु होला । रोकिएका काम अगाडि बढ्ने छन् । व्यापारमा क्रमिक सुधार आउनेछ । पढाई लेखाईमा प्रगति हुनेछ । लोभमोह बढ्नेछ । ईष्टमित्र साथी भाईबाट सहयोग मिल्नेछ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): प्रातःकाल थोरै अनुकुल देखिए पनि मध्यान्ह पछि समय प्रतिकुल देखिन्छ । उपलब्धिका काम भन्दा खर्चका काम सहज रुपमा हुनेछन् । घुमफिर रमाईलोमा अधिकाँश समय खर्च हुनेछ । इज्जतमा दाग लाग्न सक्छ सतर्क रहनु होला । पढाई लेखाईमा अवरोध आउनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । लगानी नबढाउनु होला धन डुब्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): समयले थोरै साथ दिनेछ । मनोवाञ्छित काम पुरा हुने योग छ । जागिरबाट लाभान्वित हुनुहुनेछ भने राजनीतिमा सक्रियता बढ्नेछ । आकस्मिक आम्दानीको योग देखिन्छ । कहि कतैबाट पुस्कार मिल्न सक्ने कुरालाई नकार्न सकिन्न । परिवारमा सुख शान्ति मिल्नेछ । गरेका कामबाट धेर थोर लाभ लिन सकिनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): मध्यान्हबाट समयले पूर्ण साथ दिनेछ । काममा देखिएका समस्या समाधन हुनेछन् । विवादित कामको टुङ्गो लाग्नेछ । काम गर्ने जोश जागर बढ्नेछ । तपाईको कामबाट अरु पनि प्रभावित हुने छन् । सामाजिक प्रतिष्ठ बढ्ला । जागिरबाट लाभ हुनेछ । राजनीतिमा चासो बढ्नेछ । हतारमा भने कुनै निर्णय नलिनु होला ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): प्रातःकाल बढि प्रतिकुल देखिन्छ । झुट्टा आश्वासनमा फस्ने सम्भावना देखिन्छ सतर्क भई काम गर्नु होला । अनावस्यक काम बढि हुनेछन् जसका कारण धेरै उपलब्धिका काम अधुरा रहने छन् । आलोचनाबाट मुक्त हुनुहुने छैन । समस्याबाट पीडित हुनुपर्ला । अनावस्यक खर्चमा वृद्धि हुनेछ । पढाई लेखाईमा अवरोध आउनेछ । आस्था घट्नेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): मध्यान्हबाट समय प्रतिकुल देखिन्छ । जोखिम मोलेर कुनै काम नगर्नु होला । विश्वासको संकट पर्नेछ । आफ्नो सोचाईको विपरित काम हुनेछन् । मानसिक चिन्ता बढ्नेछ । पढाई लेखाईमा अवनति हुनेछ । व्यापार व्यवसायमा गरेको लगानी डुब्न सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ । कर्म क्षेत्रमा दुष्टहरुको आगमन हुनसक्छ ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु )।

नोटः- यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो, -पंडित श्रीकण्ठ सुराचार्य ।

तपाईको प्रतिक्रिया