बिहिबार, जेठ १०, २०८१
Thursday, May 23, 2024

ेष - च, चे, चो, ला, ल, लु, ले, लो, अ (Aries)

बष - इ, उ, , ओ, ब, बि, बु, े, ब (Taurus)

मिथन - ा, ि, कु, घ, , छ, के, को, ह (Gemini)

र् - हि, हु, हे, ह, डा, डि, डु, , ो (Cancer)

सिह - मा, म, मु, े, मो, टा, ि, ु, टे (Leo)

कनया - टो, प, पि, पु, , ण, ठ, पे, ो (Virgo)

तला - र, र, रु, े, रो, त, ति, त, त (Libra)

ृश्चिक - त, ा, न, नु, ने, न, य, यि, यु (Scorpio)

धनु - ये, य, , ि, भु, ध, फा, ढ, भे (Sagittarius)

मक - ो, ज, जि, खि, , खे, खो, गा, ग (Capricorn)

कुम्भ - ु, , गो, सा, ि, सु, से, सो, (Aquarius)

मी - दि, द, थ, , ञ, दे, द, च, च (Pisces)

सूर्य उत्तरायण,वसन्तर्तुः,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२,सम्वत २०७७ साल वैशाख २३ गते भौमबार नेपाल सम्बत ११४० वछलाथ्व तदनुसार सन् २०२० मे ५ तारिक शुक्लपक्ष त्रयोदशी तिथि राती ९ वजेर ४६ मिनेटसम्म (जापानमा १ वजेर १ मिनेटसम्म), हस्ता नक्षत्र अपरान्ह ३ वजेर २ मिनेटसम्म (जापानमा अपरान्ह ६ वजेर १७ मिनेटसम्म), वज्र योग, कौलवकरण, आनन्दादियोग सौम्य, सूर्य मेष राशीमा, चन्द्रमा राती २ वजेर १२ मिनेटसम्म (जापानमा ६ तारिक विहान ५ वजेर २७ मिनेटसम्म) कन्या उप्रान्त तुला राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): कल्पना भन्दा बाहिरका कुरा हुनसक्छन् सचेत भएर अगाडि बढ्नु होला । माताको स्वास्थ्यमा समस्या आउन सक्छ । आफन्नो गोपनीयता भङ्ग नगर्नु होला शत्रु बलिया हुनेछन् । श्रमको मूल्य लिन निकै कसरत गर्नु पर्ला । आफ्नो काममा आफै लागि पर्नु होला तव मात्र लाभ लिन सकिनेछ । असहयोग गर्नेको जमात बढ्न सक्छ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): दुविधा मुक्त भएर कार्य क्षेत्रमा जानु होला । अरुबाट सहयोगको आशा धेरै नराख्नु होला । विवादमा नपरि काम गर्दा राम्रो हुनेछ । व्यवसायिक प्रतिष्ठानबाट मुनाफा धेरै लिन सकिने छैन । प्रेममा धोका हुनसक्छ । पढाई लेखाईमा अवरोध आउन सक्छ । लगानीमा जोड नदिनु होला । यान्त्रिक कामबाट नोक्सान बढि हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): रोग,शोक र चोरको भय बढि देखिन्छ । लगानी नबढाउनु होला । आफन्त सँगको विश्वास गुम्न सक्छ । चुनौतिको सामना गर्नु पर्ला । समस्याबाट पीडित हुनुहुनेछ । अनावस्यक खर्च बढ्नेछ । कसैको पनि काम गरेर जश मिल्ने छैन । शारीरिक शिथिलता बढ्न सक्छ । आपसमा मनमुटाव बढ्नेछ । दिएको धन झट्टै फर्किने छैन ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): काम गर्ने वातावरण बन्नेछ समयको सदुपयोग गर्नु होला । काम गर्ने जोश जागर घट्ने छैन । गरेका काम प्राय सफल हुनेछन् । व्यापार व्यवसायबाट मुनाफा लिन सकिनेछ । आफन्तको सहयोग सहानुभूति मिल्नेछ । काममा ढिला नगर्नु होला उपलब्धि गुम्न सक्छ । अरुको पूर्ण विश्वास र भरोसामा नपर्नु होला ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): कार्य लगनशिलता बढाउनु पर्ने देखिन्छ । अरुको भर विश्वासमा काम गर्दा फसिन सकिन्छ सतर्क रहनु होला । खर्चमा नियन्त्रण गरेर काम गर्नु पर्ने देखिन्छ । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । इच्छा आकाँक्षा बढि हुनेछन् भने परिपूर्तिक कम हुने देखिन्छ । पुरानो संरचनालाई नभत्काउनु होला पछि घाटा हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): बढि महत्वकाँक्षी नबनि काम गर्नु होला । लगनशिल भई गरेका काम सफल हुनेछन् । आर्थिक उन्नतिका सम्भावना बढि नै देखिन्छ समयको सदुपयोग गरेर अगाडि बढ्नु होला । काममा विलम्ब गर्दा उचित फाइदा लिन सकिने छैन । सामाजिक काममा अभिरुची बढ्नेछ । इष्टमित्र सकरात्मक हुनेछन् । घर खर्च बढि नै होला ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): काम गर्ने वातावरण अझै बन्ने छैन । सोचाईका विपरित काम हुनेछन् । विश्वास पात्रले धोका दिन सक्छन् । हेलचक्र्याई गरेर काम गर्दा दुःख कष्ठ बढि मिल्नेछ । नयाँ काममा हात नहाल्नु होला विग्रिने सम्भावना बढि देखिन्छ । राज्यसँग सरोकार रहेका विषयमा आज अगाडि नबढ्नु होला । परभाव र पर बन्धनको सम्भावना देखिन्छ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): सापटी दिएको रकम पाईनेछ । समयको ख्याल राखेर अगाडि बढ्नु होला । सामान्यतया आज गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन ठीकै ठीकै हुनेछ । आत्मिय मित्रबाट सहयोग सहानुभूति मिल्नेछ । कार्य क्षमता घट्ने छैन तर समयमा काम गर्न सकिएन भने उपलब्धिका अवसर गुम्न सक्छन् ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): अत्यन्त सजग र सतर्क भएर अगाडि बढ्नु होला । काम काजमा प्रगति राम्रै हुनेछ । काम गरे अनुसारको लाभ लिन सकिने छ । व्यापार व्यवसायमा सुधारका संकेत देखा पर्ने छन् । विगतमा विग्रेको सम्बन्धमा सुधार आउनेछ । घर परिवारबाट सहयोग सहानुभूति मिल्नेछ । नयाँ क्षेत्रमा लगानी गर्दा भने एकपटक सोचेर गर्नु होला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): देखे जस्तो,सोचे जस्तो र गरे जस्तो कहि कतै नहुनसक्छ । कार्य लगनशिलता बढाउनु पर्ने देखिन्छ । धार्मिक काममा सहभागि हुने अवसर आउन सक्छ । व्यापार व्यवसायबाट स्वल्प लाभ हुनेछ । जीवन साथीको सहयोग लिएर काम गर्नु भएमा सहजता बढि हुनेछ । सहयोग गर्ने भन्दा आसा राख्ने धेरै हुनेछन् । खर्च बढ्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): असहज परिस्थिति सृजना हुनसक्छ । मनमा अशान्ति बढ्नेछ । काम गरे अनुसारको प्रतिफल मिल्ने छैन । विभिन्न समस्या झेल्नु पर्नेछ । विश्वास र भरोसा टुट्ने छ । फजुल खर्च बढ्नेछ । दिएको धन डुब्न सक्छ । भरोसाको केन्द्रविन्दु टुट्न सक्छ । लगानी नबढाउनु होला व्यापार घाटा बढ्नेछ । दुःख कष्टमा सहयोग गर्ने कोहि हुने छैन ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): दिन अनुकुल नै देखिन्छ । जति काम गर्न सक्यो उति नै फाइदा हुनेछ । कुरा अनुसारको काम हुनेछन् । साझेदारी भन्दा एकलौटी व्यापार व्यवसायबाट बढि लाभान्वित हुनुहुनेछ । परिवारको सहयोग लिएर काम गर्दा उपलब्धि राम्रै हात लाग्नेछ । यात्राको सम्भावनालाई नकार्न सकिन्न । काममा ढिला सुस्ति गरेमा अवसर गुम्नेछ ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु )

नोटः- यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो ।

तपाईको प्रतिक्रिया