शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

श्रीसूर्य दक्षिणायन,हेमन्तर्तुः,परिधावी नाम संवत्सर,श्रीशाके १९४१,सम्वत २०७६साल पुष १३गते रविबार नेपाल सम्बत ११४० पोहेलाथ्व तदनुसार सन् २०१९ डिसेम्बर २९ तारिक शुक्लपक्ष तृतीया तिथि पूर्वान्ह ११ वजेर ४६ मिनेटसम्म (जापानमा अपरान्ह ३ वजेर १ मिनेटसम्म), श्रवण नक्षत्र राती८वजेर ३५ मिनेटसम्म (जापानमा राती ११ वजेर ५० मिनेटसम्म), हर्षणयोग, गरकरण, आनन्दादियोग गद, सूर्य धनु राशीमा, चन्द्रमा मकर राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): परिस्थितिलाई वुझेर काम गर्न सके उपलब्धि राम्रै हात लाग्नेछ । समस्याको पहिचान गरेर मात्र समाधान गर्न तिर लाग्नु होला । कार्य क्षमतामा कुनै कमि आउने छैन । व्यापार व्यवसायमा प्रगति हुनेछ । गीत संगितमा अभिरुची बढ्नेछ । सहयोग सहानुभूति मिल्नेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): काममा सहजीकरण अझै हुने देखिदैन । उपलब्धि विहिन काममा समय बढि खर्च हुनेछ । व्यापार व्यवसायबाट लगनशिल अनुसारको प्रतिफल मिल्ने छैन । आत्म विश्वासको कमि हुनेछ । यात्राको सम्भावना देखिन्छ । आफन्तले पराईको व्यवहार गर्ने छन् ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): उपलब्धिको संरक्षण गर्न सकिने छैन । विश्वास र भरोसा टुट्नेछ । लगनाी अनुसारको व्यापार व्यवसायबाट उपलब्धि हासिल हुने छैन । काममा ढिला सुस्ति गर्दा अवसर फुत्किनेछ । खानपान नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । लेनदेन कारोवार विग्रिन सक्छ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): काममा सोचे भन्दा धेरै राम्रो हुनेछ । स्वतन्त्र प्रकृतिका व्यापार व्यवसायबाट आय आर्जन हुनेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसरको खोजी हुनेछ । भौतिक सम्पतिमा वृद्धि हुनेछ । मनमा सुख,शान्ति मिल्नेछ । साथी भाईको सहयोग पाईनेछ । गीत,संगित तथा कला सहित्यमा अभिरुची बढ्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): कार्य लगनशिलता बढाउनु पर्ने देखिन्छ । अरुको भर परेर काम नगर्नुहोला । काममा विरोधीको बक्रदृष्टि पर्नेछ । पढाई लेखाईमा प्रगति कम हुनेछ । श्रृङ्गारिक तथा सौन्दर्य प्रशोधन जस्ता कामबाट लाभान्वित हुनुहुनेछ । धार्मिक आस्था र विश्वास बढ्नेछ । कुरा भन्दा काममा जोड दिनुहोला ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): समयमा अझै सुधार आउने देखिन्न । अन्योलता बढ्नेछ । इज्जत प्रतिष्ठामा आच आउने काम हुनसक्छ । राजनीति औजार प्रयोग गरेर तपाईलाई दुःख दिन सक्छन् । व्यापार व्यवसायमा अवनति हुनेछ । देखिएका सम्भावना क्षिण भएर जानेछन् । काम गर्र्न स्वास्थ्यले पनि कम साथ दिनेछ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): सामान्यतया दिन प्रतिकुल देखिन्छ । काममा ढिला सुस्ति हुनेछ । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । वैदेशिक यात्राको सम्भावना देखिन्छ । विपरित लिङ्गिबाट सहयोग मिल्नेछ । घरका समस्या समाधान गर्न गाह्रो गाह्रो हुनेछ ।मनमा शान्ति मिल्ने छैन ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): सवैलाई विश्वासमा लिएर काम गर्दा राम्रै हुनेछ । काम गर्दा साथी भाईको सहयोग पाईनेछ । संघर्षबाट सफलताको शिखर चढ्न पाईनेछ । परिश्रमको अन्तिम परिणाम सुखद रहनेछ । कार्य क्षमतामा कुनै कमि आउने छैन । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): दयाँ मायाँ गर्ने कुनै हुने छैनन । समस्याबाट टाढा नभागि अगाडि बढ्नु भयो भने मात्र मिशनमा पुग्न सक्नु हुनेछ । आर्थिक प्रलोभनमा परेर वाह्य व्यक्तिसँग कुनै काम नगर्नु होला । स्पष्ट वोल्दा आफैलाई नोक्सना हुने भएकोले आर्थिक करोवार र वोलिलाई नियन्त्रण गर्दा राम्रो हुनेछ । व्यापारमा उतार चढाव आउनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): कामको विचमा विचार परिवर्तन नगर्नु होला उपलब्धि गुमाउनु पर्नेछ । पारिवारिक खर्च बृद्धि हुन सक्छ । काम गर्ने जोश जागर बढ्नेछ । जीवन साथीको सहयोग लिएर काम गर्दा राम्रै हुनेछ । लगानीमा धेरै जोड नदिनु होला । इच्छा र आकाँक्षा केहि पुरा हुनेछन् । मिलेर काम नगर्नु होला ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): सहज रुपमा काम हुनेछैनन् । आशा र भरोसा टुट्नेछ । व्यापार व्यवसायमा देखिएका सम्भावना क्षीण भएर जानेछन् । राजनीति व्यक्तिको भर परेर कुनै योजना अगाडि नसार्नु होला । आर्थिक कारोवारमा ध्यान दिनुहोला । जोखिम मोलेर काम गर्दा नोक्सान धेरै हुनेछ । सुरक्षित यात्रा गर्नु होला ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): दिन सामान्यतया अनुकुल नै देखिन्छ । प्रयास र प्रयत्नबाट धेरै काम बन्ने छन् । अरुको भरमा मात्रै काम नगर्नु होला । अध्ययन कार्यमा भन्दा आर्थिक कार्यमा बढि दखल हुनेछ । कामको विचमा विचार परिवर्तन नगर्नु होला । लगानी भन्दा श्रममा जोड दिनुहोला । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ ।

—————————————–

तपाईको प्रतिक्रिया