शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

श्रीसूर्य दक्षिणायन,हेमन्तर्तुः,परिधावी नाम संवत्सर,श्रीशाके १९४१,सम्वत २०७६साल पुष ८ गते भौमबार नेपाल सम्बत ११४० थिंल्लागा तदनुसार सन् २०१९ डिसेम्बर २४ तारिक कृष्णपक्ष त्रयोदशी तिथि मध्यान्ह १२ वजेर १६ मिनेटसम्म (जापानमा अपरान्ह ३ वजेर ३१ मिनेटसम्म), अनुराधा नक्षत्र साँझ ५ वजेर ३२ मिनेटसम्म (जापानमा राती ८ वजेर ४७ मिनेटसम्म), शूलयोग, वणिजकरण, आनन्दादियोग वज्र, सूर्य धनु राशीमा, चन्द्रमा वृश्चिक राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): प्रतिकुल परिस्थितिमा काम गर्नु पर्ला । व्यापार व्यवसायमा आएको मन्दि कायम रहनेछ । आफन्तले धोका दिने छन् । आफ्नो धन अरुको लागि खर्च गर्नु पर्ला । खानपान नमिल्दा स्वास्थ्यमा समस्या आउन सक्छ । अन्तिम चरणमा पुगेका काम पनि रोकिने छन् । घरमा शान्ति मिल्ने छैन ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): दिन शुभ देखिन्छ । नयाँ कामको प्रस्ताव आउन सक्छ । गरेका काम प्राय सफल हुने छन् । मनोरञ्जनात्मक गति विधि बढि हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । जीवन साथिको सहयोगमा महत्वपूर्ण काम बन्ने छन् । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): विरोधिको सक्रियताले काममा अप्ठ्यारो पर्न सक्छ सजग भएर अगाडि बढ्नु होला । प्रयत्नपूर्वक गरेका काम सफल हुने छन् । व्यापार व्यवसायमा सुधार आउने देखिन्छ । ऋण घट्ने सम्भावना पनि देखिन्छ । गोपनीयता अप्नाउनु होला । नसोचेका ठाँउबाट धन आउन सक्छ । मुद्धा जितिनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): चिन्ता घट्नेछ । समस्या कम हुनेछन् । समयमा निर्णय लिएर अगाडि बढ्नु होला नत्र अवसरबाट बञ्चित हुने अवस्था आउन सक्छ । आवेगमा आएर कुनै निर्णय नलिनु होला । पढाई लेखाईमा थोरै ध्यान जानेछ । नयाँ कुरा सिक्ने अवसर मिल्नेछ । लगनशिल भई गरेका काम सफल हुनेछन् ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): घर परिवारलाई समय धेरै दिदा गर्नु पर्ने काम रोकिने छन् । व्यापार व्यवसायमा अवनति हुनेछ । बचाएर राखेको धन खर्च हुन सक्ने कुरालाई नकार्न सकिन्न । अतिथि खर्चमा वृद्धि हुनेछ । मनोरञ्जनात्मक गतिविधि बढि हुनेछन् । आफुलाई दयाँ माया गर्ने कोहि हुने छैन तर आफुले हेर्नु पर्ने अवस्था आउन सक्छ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): समस्या कम हुनेछन् । काममा आशा गरे भन्द बढि सफलता मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । काम गर्ने जोश जागर घट्ने छैन । नोकरी तथा राजनीतिमा अवसरको खोेजी होला । बन्धु वर्गादिबाट सहयोग मिल्नेछ । आर्थिक विषयलाई लिएर आश्वासन दिने लिने काम दुवै गलत सावित हुने देखिन्छ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): ग्रह,गोचर ठीकै ठीकै देखिन्छ । समस्या कम हुनेछन् तर मुक्ति पाईने छैन । आफ्ना कुरा आफैमा सिमित राख्नु होला । हतारमा कुनै निर्णय नलिनु होला । लगनशिल भई गरेका कामबाट धेर थोर लाभ लिन सकिनेछ । आर्थिक कारोवार गर्दा विचार पु-याउनु होला । बोलीको प्रभावकारीता थोरै पर्नेछ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दुविधा हट्ने छन् । अनावस्यक खर्चमा कमि आउनेछ । उत्तम भोजन र आसन प्राप्तिको योग देखिन्छ । जोश जागरका साथ कर्म क्षेत्रमा लागिनेछ । गरेका अधिकाँश काम सफल हुनेछन् । व्यापार व्यवसायमा उन्नति प्रगति हुनेछ । वौद्धिक व्यक्तित्वसँग सामिप्यता बढ्नेछ । मान्यजनको आशिर्वाद मिल्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): समय त्यति अनुकुल देखिन्न। नयाँ काममा हात हाल्नु पूर्व एकपटक सोच्नु होला । गरेका कामबाट आफु भन्दा अरु लाभान्वित हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी घट्नेछ । स्वास्थ्यमा लगानी बढ्न सक्छ । व्यर्थको घुमाई फिराई बढि होला । संचित धनमा ह्रास आउनेछ भने अतिथि सत्कार खर्च बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): समग्रमा दिन राम्रै देखिन्छ ।अस्थिर मन लिएर काम नगर्नु होला । थोरै प्रयत्न गर्नु भयो भने पुरानो बक्यौता रकम उठ्नेछ । व्यापार व्यवसायबाट आफुले सोचे भन्दा राम्रो आम्दानी हुनेछ । जीवन साथीको सहयोग लिएर काम गर्दा बढि उपलब्धि हात लाग्नेछ । सुखद समाचार सुन्न पाईनेछ । घरमा मांगलिक काम हुनेछन् ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): काममा देखिएका समस्या हटेर जानेछन् । कार्य क्षमता र दक्षता बढ्नेछ । धेरै काम सजिलै बन्नेछन् । नोकरी तथा राजनीतिमा आँशिक सफलता मिल्नेछ । विरोधीका कारण लाभान्वित हुनुहुनेछ । सामाजिक उत्तरदायित्व बढ्नेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । मान सम्मान मिल्नेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): मानसिक तनावमा कमी आउनेछ । भाग्यले थोरै साथ दिनेछ । काममा देखिएका समस्या कम भएर जाने छन् । कार्य लगनशिलता बढ्नेछ । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । पढाई लेखाईमा थोरै ध्यान जानेछ । सामाजिक काममा समय बढि दिदा आफ्ना धेरै काम अधुरा रहने छन् । लेनदेन भने ल्याङ ल्याङ नै हुनेछ ।

—————————————–

तपाईको प्रतिक्रिया