शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

श्रीसूर्य दक्षिणायन,हेमन्तर्तुः,परिधावी नाम संवत्सर,श्रीशाके १९४१,सम्वत २०७६साल पुष७गते सोमबार नेपाल सम्बत ११४० थिंल्लागा तदनुसार सन् २०१९ डिसेम्बर २३ तारिक कृष्णपक्ष द्वादशी तिथि अपरान्ह १ वजेर ४४ मिनेटसम्म (जापानमा अपरान्ह ४ वजेर ५९ मिनेटसम्म), विशखा नक्षत्र साँझ ६ वजेर १६ मिनेटसम्म (जापानमा राती ९ वजेर ३१ मिनेटसम्म), सुकर्मयोग, तैतिलकरण, आनन्दादियोग मित्र, सूर्य धनु राशीमा, चन्द्रमा मध्यान्ह १२ वजेर ३० मिनेटसम्म (जापानमा अपरान्ह ३ वजेर ४५ मिनेटसम्म) तुला उप्रान्त वृश्चिक राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आफ्नै कारण पछि परिदैछ विचार पु¥याउनु होला । व्यापारमा गिरावट आउनेछ । पूर्वान्ह भन्दा अपरान्ह कमजोर देखिन्छ । अन्तिम चरणमा पुगेका काम रोकिन सक्छन् । इज्जत प्रतिष्ठाको ख्याल राख्नु होला । अशुभ समाचारले तनाव बढाउने छ । सहयोग पाईन्छ भनेका ठाँउबाट मिल्ने छैन । कारोवारमा ध्यान दिनुहोला ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): विवादको अन्त्य हुनेछ, मुद्धा मामिलामा जीत हुनेछ । उपलब्धिका काम अगाडि बढ्ने छन् । आफ्नै पहलमा धेरै काम बन्ने छन् । विशेष गरेर मध्यान्ह पछिको समय अनुकुल हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ । यात्राको सम्भावनालाई नकार्न सकिन्न । व्यापार व्यवसायमा सम्भावना राम्रै देखिन्छ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): सोचे जस्तो कहि कतै हुने छैन । अर्थ अभावको कारण योजना अगाडि बढाउन गाह्रो हुनेछ । अपरान्हबाट समयमा सामान्य सुधार आउनेछ । विना मेहनत फलको आश नगर्नु होला । परिश्रम अनुसारको फल भने पाईनेछ । सुरक्षित विधि अप्नाएर ऋण लगानी गर्नु होला । अरुको भर परेर काम नगर्नु होला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समस्याको भुमरीबाट निस्कन निकै परिश्रम गर्नु पर्नेछ । पारिवारिक खर्चमा वृद्धि हुनेछ । आफन्तमा मनमुटाव बढ्नेछ । अपरान्हबाट समयमा सुधार आउनेछ । व्यापार व्यवसायमा सामान्य सुधार आउनेछ । कला साहित्यमा अभिरुची बढ्नेछ । पारिवारिक सहयोग थोरै मिल्नेछ । सम्पतिको तृष्णा बढ्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): कुनै काम गर्नु छ भने पूर्वान्ह पूर्व गर्नु होला । गरेका अधिकाँश काम सफल हुनेछन् । मध्यान्ह पछि घरयासी वस्तु खरीदमा धन खर्च हुनेछ । व्यवसायिक गतिविधि अझेलमा पर्नेछन् । काम गर्ने जोश जागर घट्नेछ । मुखको सहयोग गर्ने धेरै हुनेछन् भने व्यवहारिक सहयोग गर्ने कम हुनेछन् । पारिवारिक भेटघाट हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): मध्यान्ह सम्म समय कमजोर देखिन्छ । नयाँ काममा हात नहाल्नु होला । अपरान्ह देखि काममा सुधार आउनेछ । निर्णय क्षमता बढ्नेछ । आफ्नै पहलमा रोकिएका काम अगाडि बढ्ने छन् । इष्टमित्र साथी भाईको सहयोग मिल्नेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । आर्थिक समस्या समाधान भएर जानेछन् ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): दिन सामान्य खाल देखिन्छ । आफन्तको सुझाव सल्लाहा राम्रै मिल्नेछ । काम गर्दा आर्थिक कुरालाई ध्यान दिनु होला । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । अलमलमा नपरि हेलचक्र्याई नगरि प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । घरका समस्याबाट पूर्ण मूक्ति मिल्ने छैन । कुनै निणर्य लिदा एक पटक सोच्नु होला ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): मध्यान्हसम्म समय प्रतिकुल छ सोच विचार काम गर्नु होला । अपरान्हबाट समयमा सुधार आउनेछ । खर्चमा कमि आउनेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । काम गर्ने जोश जागर बढ्नेछ । काममा सोचे भन्दा राम्रो प्रगति हुनेछ । भोज भतेर सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): समयमा गरेका काम सफल हुनेछन् । अपरान्हबाट समयले कम साथ दिनेछ । मनमा गलत विचार बढ्नेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । बन्न लागेका काम विग्रिन सक्छन् सर्तक रहनु होला । शारीरिक दुर्वलता बढ्नेछ । लेनदेन कारोवार विग्रिन सक्छ । विश्वास गरेकाले धोका दिन सक्छन् । अतिथि खर्च बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): दिन सामान्यतया अनुकुल देखिन्छ । नसोचेका ठाँउबाट धन हात पर्न सक्छ । हिजोका असहयोगी आज सहयोगी बनेर आउने छन् । गरेका काम उदाहरणीय हुनेछन् । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन्, आम्दानी बढ्नेछ । जीवन साथीको सहयोग लिएर काम गर्दा बढि सफलता मिल्नेछ । मान्यजनको आशिर्वाद मिल्नेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): पूर्वाद्ध कमजोर देखिन्छ । अलमल बढि हुनेछ कामले गति लिने छैन । उत्तराद्र्ध भने अनुकुल रहेकोछ । विगतमा देखिएका समस्या विस्तारै समाधान हुनेछन् । कुरा काट्ने समर्थनमा आउने छन् । काम गर्ने जोश जागर बढ्नेछ । सहज र सरल विधिबाट कार्य सम्पादन हुनेछन् । सामाजिक उत्तरदायित्व बढ्नेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): मध्यान्ह सम्मको समय बढि प्रतिकुल देखिन्छ । आर्थिक कारोवारमा बढि ध्यान दिनु होला । अपरान्हबाट समयमा सामान्य सुधार आउनेछ । गलत विचार मनबाट हट्नेछ । स्वास्थ्यम सुधार आउनेछ । यात्राको सम्भावना देखिन्छ । धार्मिक विश्वास बढ्नेछ । उपकारी काम हुनेछन् । आफन्तबाट सामान्य सहयोग पाईनेछ ।

—————————————–

तपाईको प्रतिक्रिया