Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024
काठमाडौं– समाधान उपसमितिको बैठकले मिलाइसकेको विषयमा विवाद भएपछि मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले भने षड्यन्त्र देखेका छन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको उपसमितिमा मिलिसकेको विषयमा उनकै पार्टीका नेता देव गुरुङले चुनौति दिएपछि संवैधानिक समितिको बैठक स्थगित भएको छ ।
यादवले भने माओवादी विवादले संविधान नलेख्ने षड्यन्त्र सुरु भएको आशंका गरे । ‘देख्दा यो सामान्य विवादजस्तो देखिन्छ,’ उनले आइतबार राजधानीमा सञ्चारकर्मीसँग भने, ‘यो संविधान नलेख्ने षड्यन्त्र हो ।’
दाहाल अध्यक्ष रहेको उपसमितिले संविधानको प्रस्तावनामा ‘जनयुद्ध’को साटो ‘सशस्त्र संघर्ष’ राख्ने, १८ वर्ष उमेर पुगेकालाई मताधिकार दिने, जग्गा र सम्पत्तिमा हदबन्दी नतोक्ने, १८ वर्ष उमेर पुगेका नागरिकलाई अनिवार्य सैन्य तालिम उल्लेख नगर्ने विषयमा सहमति गरेको थियो । तर माओवादीकै प्रमुख सचेतक गुरुङले ती विषयमा आपत्ति जनाएपछि अन्तिम निर्णयमा समस्या भएको हो । उपसमितिमा सहमति भएका विषयलाई पुनः छलफल गरी संवैधानिक समितिले अनुमोदन गर्दछ ।
तपाईको प्रतिक्रिया