Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

आफ्नो नयाँ चलचित्र ‘अन्दाज’ लाई युरोपमा रहेका नेपालीमाझ प्रदर्शन गर्ने चाँजोपाँचोमा व्यस्त रहेकी रेखा थापा यसै हप्ता कागजपत्र जम्मा गर्ने क्रममा नयां बानेश्वरस्थित एक साइबरमा अनुहार अरूले नचिन्ने गरी कालो चश्मा र मास्क लगाएर छिरिन् । पासपोर्ट फोटोकपी गर्न। पासपोर्टको फोटोकपी भइरहेको थियो।
त्यत्तिकैमा एउटा कुनामा एक युवती फेसबुकमा च्याटिङमा व्यस्त थिइन्। रेखाको आँखा त्यो कुना मात्र पुगेन कि कम्प्युटर स्क्रिनमा पनि ठोक्कियो। त्यहाँ उनले आफ्नै तस्बिर पो देखिन्। अलि अगाडि गएर नियालेर हेरेको त तस्बिर आफ्नो राखेर अर्कै नामबाट एक युवतीले ‘फेक’ च्याटिङ पो गरिरहेकी रहिछिन्। तस्बिर आफ्नो तर नाम अर्काको। यो देखेर रेखाले ती युवतीले मात्र देख्ने गरी माक्स खोलिन् र भनिन् यो तस्बिर मेरो हो। मेरो तस्बिर राखेर गलत नामबाट किन अरूलाई झुक्याएको बहिनी?’ रेखाको यो प्रश्नको जवाफ ती युवतीले दिनै सकिनन्। ती युवतीले सोचेकी पनि थिइनन् कि तस्बिर कि रेखा उनैकै अगाडि आउँछिन् भनेर। रेखाको यो प्रश्न सुन्नासाथ ती युवतीले नम्र भएर सो फेसबुक ‘डिलिट’ गरेकी थिइन् र रेखाले भनिन्, ‘धन्यवाद। कसैको पनि यसो नगर्नू…?’

आफ्नो तस्बिर यसरी ‘मिसयुज’ भएको घटना त रेखाले बारम्बार थाहा पाएकी नै हुन् तर प्रत्यक्ष रूपमा भने उनले पहिलोपटक देखिन्। ‘हाम्रो तस्बिर यसरी गलत रूपले प्रयोग भइरहेको छ। कति हारगुहार गर्ने ? अहिलेको जमानामा चाहेर पनि रोक्न सकिन्न,’ रेखाको गुनासो छ। ***

तपाईको प्रतिक्रिया