Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
रुकुम– एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले शान्ति प्रक्रियाका लागि माओवादीले आत्मसमर्पन नगर्ने बताएका छन् । उनले माओवादीले शान्ति प्रक्रिया टुङ्ग्याउन सम्मानजनक सहभागिता जनाउने बताए ।
मंगलबार रुकुम सदरमुकाम खलंगामामा आयोजित जनसभालाई सम्वोधन गर्दै अध्यक्ष दाहालले वर्गीकरणमा परेका सबै लडाकुलाई उनीहरुको चहाना अनुसार सम्मानपूर्वक समायोजन हुने बताए। ‘जनसेना नेपाली जनताको अधिकार दिलाउनको लागि गठन भएकाले सजिलै आत्मसर्मपण हुँदैन,’ अध्यक्ष दाहालले भने, ‘जनमुक्ति सेनाले गरेको त्यागलाई आधार मानेर शान्ति प्रक्रिया पूरा हुने र नयाँ संविधान जारी हुन्छ।’
‘पार्टीको आसन्न केन्द्रीय समितिको बैठकले केही विवादको हल गर्नेछ’ उनले भने ‘त्यसपछि महाधिवेशन गरेर पार्टीलाई नयाँ स्वरुप दिईने छ ।’ केही मानिसले चाहँदैमा पार्टी नफुट्ने उनको दाबी थियो ।
पार्टी भित्र विवाद भए पनि कुनै पनि हालतमा पार्टी विभाजन नहुने बताए। पार्टीको विवादले पार्टी नेपाली जनतालाई चिन्ता भएपनि फुट्न नदिने बताए। ‘हामीबीच भएको विवाद केन्द्रीय समिति मार्फत महाधिवेशनमा लिएर समाधान गर्ने छौं।’
तपाईको प्रतिक्रिया