टोकियो – आज टोकियोमा भारी हिमपात भईरहेको छ । राजधानी टोकियो आसपासका क्षेत्रमा बिहानैदेखि हिमपात शुरु भएको हो । यातायाताका सार्बजनिक साधनहरु धेरै कम चलेका छन् । द्रुत गतिमा चल्ने लामो दुरीका रेलसेवाहरु त पुरै प्रभावित भएका छन ।
सडकमा पनि सवारी साधनहरु पातलिएका छन् । हिमपातको यहि क्रम साँझसम्म कायम रहे सार्बजनिक रेलसेवा पुरै बन्द हुने संभावना बढेर गएको छ ।
हिमपातबाट यहाँको नियमित कार्यसम्पादन, बन्द ब्यापार लगायत दैनिक जनजीवन प्रभावित भएको छ ।
यसैबिच एक जना पाठकले पठाएको हिमपात साहित्य यस्तो छ –
संविधान सभामा तुषारापात
हर्ष न विष्मात
टोकियोमा हिमपात
फेसबुकमा उत्पात ॥
– पेम्बा लामा, टोकियो ***