Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति र प्रतिनिधि सभा सदस्य डोलप्रसाद अर्यालले संसदीय छानबिन विशेष समितिको प्रतिवेदनलाई लिएर मिडिया ट्रायलको आरोप लगाएका छन्। सोमबार प्रतिनिधि सभामा सम्बोधन गर्दै अर्यालले रास्वपाविरुद्ध सञ्चारमाध्यममा गलत प्रचार गरिएको बताएका हुन्। उनका अनुसार सदनका सांसद र सम्बन्धित निकायलाई केही थाहा नभएको अवस्थामा मिडियाले कसरी सम्पूर्ण जानकारी राख्न सक्छ भन्ने प्रश्न उठाएका छन्।

अर्यालले समितिले कुनै दवाब वा प्रभावमा नपरी निष्पक्ष प्रतिवेदन प्रस्तुत गर्ने विश्वास व्यक्त गर्दै  मिडिया ट्रायलको कुनै आधार नभएको दाबी गरे। साथै, उनले रास्वपाविरुद्ध प्रमाण छ भनी दावी गर्ने केही सांसदहरु नै सहकारी ठगीमा मुछिएको आरोप लगाए। विशेषगरी, उनले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलगायतको नाम लिँदै उनीहरूलाई कारबाहीको माग गरे। अर्यालले निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको आवश्यकता औंल्याए। ‘हामीसँग प्रमाण छ, प्रमाण छ भनेर उफ्रने सांसदहरु आफ्नै प्रमाण भएको कारणले उफ्रिनु भएको रहेछ,’– उनले भने ।

तपाईको प्रतिक्रिया