Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको हिरासत बसाइ पुनः लम्बिएको छ । सोमबारबाट सुरु भएको थुनछेक बहस नसकिएपछि गार्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्धकसमेत रहेका लामिछाने कम्तीमा बुधबारसम्म हिरासतमा रहनुपर्ने भएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

मंगलबार सरकारी बिदा भएकाले बुधबार मात्रै फेरि निरन्तर सुनुवाइ हुनेछ । उनीविरुद्ध काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीमा पनि मुद्दा दर्ता भएको थियो । मुद्दाको बयानका लागि लामिछाने आइतबार काठमाडौं जिल्ला अदालत हाजिर भएका थिए । बयान नसकिएपछि न्यायाधीश माधवप्रसाद अधिकारीले आइतबार रविलाई हिरासत पठाउने आदेश दिएका हुन् ।

सोमबार पनि रवि पक्षका वकिलहरूले बाहिरै राख्न अनुरोध गरेका थिए । तर, न्यायाधीश अधिकारीले आइतबारकै आदेशलाई निरन्तरता दिए । काठमाडौं जिल्ला अदालतमा सोमबार पीडित र सरकारी वकिलले बहस गरेका थिए । समय अभाव भएकाले प्रतिवादीको तर्फबाट भने बहस हुन सकेन ।

उनको आदेशसँगै रविलाई न्यायिक हिरासतमा पठाइएको थियो । लामिछानेलाई प्रहरीको जिम्मा लगाइएको हो । बुधबार अदालतमा पेस गर्न आदेश दिएको छ ।

प्रहरीले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन गरेको लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । सहकारीबाट अपचलन भएको रकमसहित प्रहरीले एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो मागदाबी गरेको छ । स्वर्णलक्ष्मी सहकारीका साढे पाँच हजार बचतकर्ताको एक अर्ब १९ करोड संगठित रूपमा ठगी गरेको अभियोग छ ।

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम ठगी मुद्दामा उहाँ बिहीबार कास्की जिल्ला अदालतबाट धरौटीमा छुटेका थिए । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया