Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – भारतमा पहिलो पटक आयोजना हुन लागेको खो खो विश्वकप आजबाट सुरू हुँदैछ। यस ऐतिहासिक प्रतियोगितामा महिला र पुरुष दुबै तर्फको विश्वकप एकसाथ सञ्चालन हुने तयारी छ। दक्षिण एसियामा विशेष लोकप्रिय रहेको यो खेलमा विश्वभरका २३ देशका टोली सहभागी छन्। यसमा २० पुरुष र १९ महिला टोलीले प्रतिस्पर्धा गर्नेछन्। उद्घाटन खेल आज पुरुषतर्फ आयोजक भारत र नेपालको बीचमा हुनेछ। यो खेल नयाँ दिल्लीको इन्दिरा गान्धी इनडोर स्टेडियममा नेपाली समयअनुसार राति ८:४५ बजे सुरु हुने छ। उद्घाटन दिन एक मात्र खेल आयोजना गरिनेछ।

प्रतियोगिताका लागि पुरुषतर्फ नेपाल समूह ए मा भारत, भुटान, ब्राजिल, र पेरुसँग रहेको छ। समूह बी मा इरान, नेदरल्याण्ड्स, अर्जेन्टिना, घाना, र दक्षिण अफ्रिका छन्। यस्तै, समूह सी मा बंगलादेश, श्रीलंका, दक्षिण कोरिया, अमेरिका, र पोल्याण्ड छन् भने समूह डी मा इंग्ल्याण्ड, जर्मनी, मलेसिया, अष्ट्रेलिया, र केन्या प्रतिस्पर्धी छन्।

महिलातर्फ समूह ए मा भारत, इरान, दक्षिण कोरिया र मलेसिया छन्। समूह बी मा इंग्ल्याण्ड, अष्ट्रेलिया, केन्या, युगान्डा, र नेदरल्याण्ड्स छन्। समूह सी मा दक्षिण एसियाका नेपाल, भुटान, श्रीलंका, बंगलादेश, र जर्मनी छन् भने समूह डी मा दक्षिण अफ्रिका, न्युजिल्याण्ड, पोल्याण्ड, पेरु र इन्डोनेसिया प्रतिस्पर्धी छन्।

समूह चरणका खेलहरूपछि हरेक समूहको शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन्। दुवै तर्फको फाइनल खेल १९ जनवरीमा हुनेछ।नेपालका महिला र पुरुष टोलीले विश्वकपमा पहिलो पटक भाग लिँदैछन्। एसियन खो खो च्याम्पियनसिपमा पदक जितिसकेको नेपालले यो प्रतियोगितामा पनि पदक जित्ने लक्ष्य राखेको छ। नेपालका कप्तान पुरुषतर्फ हेमराज पनेरु र महिलातर्फ सरस्वती कठायत छन्।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया