Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

टोकियो – जापानको राजधानी टोकियोस्थित एक विश्वविद्यालयमा विद्यार्थीमाथि आक्रमण गर्ने छात्रालाई सार्वजनिक गरिएको छ । होसेई विश्वविद्यालयको तामा क्याम्पसमा शुक्रबा हथौडा प्रहार गरी आठ जनालाई घाइते बनाएको आरोपमा साही विद्यालयमा अध्ययनरत छात्रालाई सार्वजनिक गरिएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

दक्षिण कोरियाकी यु जु ह्युनलाई शुक्रवार दिउँसो क्याम्पसमा विद्यार्थीहरूमाथि आक्रमण गरेपछि घटनास्थलमै पक्राउ परेकी थिइन् । आक्रमणको दुई मिनेटपछि विश्वविद्यालयका कर्मचारीहरूले उनलाई नियन्त्रणमा लिएका थिए । प्रहरीसँगको बयानमा यु जु ह्युनले आफू नियमित रूपमा दुर्व्यवहारको सिकार भएको बताउँदै ‘एक मात्र समाधान’ भनेको विद्यार्थीहरूलाई आक्रमण गर्नु हो भन्ने सोच्न पुगेको बताएकी छिन् ।

प्रहरीका अनुसार उनले शुक्रवार बिहान अर्को कोठामा भेटिएको हथौडा प्रयोग गरी आक्रमण गरेकी हुन् । घाइते आठ जनामध्ये सात जनाको टाउकोमा चोट लागेको छ । ती सबैजना यु जु ह्युनसँग परिचित थिएनन् । उनी २०२३ अप्रिलमा होजेई विश्वविद्यालयमा भर्ना भएकी दोस्रो वर्षकी स्नातक छात्रा हुन् ।

प्रहरीले उनलाई आइतबार अभियोजनकर्ताहरूलाई पठाएको छ । आक्रमणलई हिंसात्मक अपराधको दुर्लभ घटना भनिएको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया