Deneme Bonusu Veren Siteler
बिहिबार, फाल्गुण ०१, २०८१
Thursday, February 13, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जलस क्षेत्र हाल भीषण डढेलोको चपेटामा परेको छ। जसका कारण १६ जनाको मृत्यु भइसकेको छ भने लाखौं मानिस घरबारविहीन भएका छन्। बीबीसीका अनुसार, १३ जना अझै बेपत्ता छन्। डढेलोले खाली गरिएका क्षेत्रमा लुटपाटको समस्या थपिएको छ। लस एन्जलसका प्रहरी प्रमुख माइक लोरेन्टले लुटपाट नियन्त्रण गर्न कफ्र्यु लागू गरिएको र चार सय प्रहरी परिचालन गरिएको जानकारी दिएका छन्। लुटेराको आशंकामा २० जनालाई पक्राउ गरिएको छ।

डढेलो प्रभावित क्षेत्रमा वायु प्रदूषण र प्रदूषित पानीका कारण स्वास्थ्य आपतकाल घोषणा गरिएको छ। पेलिसेड्स क्षेत्रको पिउने पानी असुरक्षित भएकाले स्थानीयवासीलाई पानी उमालेर मात्र पिउन सल्लाह दिइएको छ। डढेलो निभाउन हेलिकप्टर र हवाई जहाजको प्रयोग गरिए पनि ११० किलोमिटर प्रतिघण्टाको गतिमा चल्ने तीव्र ‘सान्टा एना’ हावाले आगो नियन्त्रणमा चुनौती खडा गरेको छ। हावाका कारण आगो अझै फैलने सम्भावना छ।

आगजनीका कारण इटन क्षेत्रको १५%, हस्र्टको ७६% र केनेथ क्षेत्रको ९०% जमिन जलेर नष्ट भएको छ। करिब साढे तीन लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने १ लाख ६६ हजारलाई घर छाड्न तयारी अवस्थामा बस्न भनिएको छ। ‘सान्टा एना’ हावा, जसलाई ‘रातो हावा’ वा ‘दानवी हावा’ पनि भनिन्छ, डढेलो फैलाउन मुख्य कारक मानिएको छ। यो हावाको गति कम नभएसम्म डढेलो नियन्त्रणमा आउन कठिन हुने प्रक्षेपण गरिएको छ।

 

 

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया