Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

सियोल – दक्षिण कोरियाको यातायात मन्त्रालयले दुर्घटनाग्रस्त जेजु एयरको विमानको फ्लाइट डाटा र ककपिट भ्वाइस रेकर्डर भएको ‘ब्ल्याक बक्स’ले दुर्घटना हुनुभन्दा चार मिनेटअघि रेकर्डिङ गर्न छोडेको जनाएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

गएको डिसेम्बर २९ मा उक्त बोइङ ७३७-८०० विमान थाइल्यान्डबाट दक्षिण कोरियाको मुआनका निम्ति उडेको थियो । मुआन विमानस्थलमा अवतरण गर्दा सिमेन्टको पर्खालमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा विमानमा सवार १७९ जनाको मृत्यु भएको थियो । दुईजनालाई जीवितै उद्धार गरिएको थियो । दक्षिण कोरियाली भूमिमा यो हालसम्मकै सबैभन्दा खराब हवाई दुर्घटना हो ।

‘विश्लेषणले सीभीआर र एफडीआर दुवैले दुर्घटनाभन्दा चार मिनेटपहिलेको अवधिमा रेकर्ड नगरिएको देखाएको छ,’ यातायात मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रारम्भिक अनुसन्धानले विमान अवतरणमा मद्दत गर्ने वा ‘ब्लाइन्ड ल्यान्डिङ’मा प्रयोग हुने रेडियो ट्रान्समिटर (लोकलाइजर)लाई दुर्घटनाको गम्भीरता बढाउनका निम्ति दोषी ठहर्‍याएको छ । क्षतिग्रस्त फ्लाइट डाटा रेकर्डरलाई दक्षिण कोरियाली अधिकारीले डाटा निष्कर्षका निम्ति अप्राप्य भनेका थिए । यसलाई अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्डको प्रयोगशालामा विश्लेषणका निम्ति संयुक्त राज्य अमेरिका पठाइएको थियो ।

उडानको अन्तिम क्षणको जानकारी रेकर्ड गर्ने बक्सहरूमा तथ्यांक नष्ट भएको पाइएको र यो किन र कसरी भयो भन्ने विषय खोजी भइरहेको अधिकारीहरूले बताए । ‘जारी दुर्घटना अनुसन्धानका क्रममा तथ्यांक हराउनुको कारण पत्ता लगाउने प्रयास जारी छ,’ मन्त्रालयले भनेको छ ।

दक्षिण कोरियाली र अमेरिकी अन्वेषकले अझै पनि दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेका छन् । अनुसन्धानकर्ताले ती बक्सहरू अनुसन्धानका निम्ति महत्त्वपूर्ण रहेको बताउँदै दुर्घटनाको कारण पत्ता लगाउने प्रयास जारी रहने बताए । “विभिन्न तथ्यांकको परीक्षण र विश्लेषण गरेर अनुसन्धान गरिनेछ । दुर्घटनाको कारण पत्ता लगाउन समिति सक्दो प्रयास गर्न प्रतिबद्ध छ,” मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अनुसन्धानकर्ताले चराको आक्रमण, खराब अवतरण गियर र रनवे अवरोधलाई सम्भावित समस्याका रूपमा औँल्याएका छन् । चालकले पहिलो अवतरण प्रयासअघि नै चराको आक्रमण (चरासँग ठक्कर) हुन सक्ने चेतावनी दिएका थिए । त्यसपछि दोस्रो अवतरण प्रयासमा ल्यान्डिङ गियरले काम गरेको थिएन ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया