Deneme Bonusu Veren Siteler
बिहिबार, पौष ११, २०८१
Thursday, December 26, 2024

काठमाडौं – जाडोयाम सुरु भएसँगै नेपालमा कन्डमको आयात बढेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा १ एक करोड ५८ लाख पिसभन्दा बढी कन्डम आयात भएको छ ।

सो मात्रा खरिद गर्न १० करोड ५४ लाख ९२ हजार रुपैयाँ खर्च भएको छ । साथै, सरकारले त्यसबाट ३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

गत आर्थिकमा ३ करोड ९२ लाख ३२ हजार ८५० पिस कन्डम आयात भएको थियो । सो कन्डम आयात गर्दा २४ करोड ६९ लाख ८७ हजार रुपैयाँ खर्च भएको विभागले जनाएको छ । गत वर्ष मङ्सिर महिनामा मात्रै १ करोड ९४ लाख २ हजार ४७३ वटा कन्डम आयात भएको थियो ।

जाडोयाममा बढी कन्डम आयात भएको देखिन्छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा ३ करोड ६५ लाख ९९ हजार २९० वटा कन्डम आयात भएको छ । त्यसबापत २१ करोड २८ लाख ४४ हजार रुपैयाँ खर्च भएको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.
तपाईको प्रतिक्रिया