समाचार सुन्नुहोस :
काठमाडौँ – साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। नेप्से परिसूचक ३१.४३ अंकले घटेर २५९६.८२ अंकमा झरेको छ। बिहीबार कुल ३१० कम्पनीका सेयरहरूमध्ये ९८ लाख ३२ हजार ३०८ कित्ता सेयर ५५ हजार ९८९ पटकको कारोबारमा खरिद-बिक्री भएका छन्। कुल कारोबार रकम ४ अर्ब ७६ करोड २ लाख ७६ हजार रुपैयाँ पुगेको छ।
१३ उपसमूहमध्ये सबै राताम्मे भएका छन् भने सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन्। आजको कारोबारमा २९ कम्पनीका सेयर मूल्य बढेको छ, जबकि २११ कम्पनीका मूल्य घटेका छन् र ३ कम्पनीको मूल्य स्थिर रहेको छ।