Deneme Bonusu Veren Siteler
बिहिबार, पौष ०४, २०८१
Thursday, December 19, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तस्विर सार्वजनिक भएको विषयमा गम्भीर ध्यानाकर्षण जनाएको छ। प्रहरीका अनुसार, डा. निकोलस भुसालको फेसबुक पेजमार्फत प्रकाशित उक्त तस्बिरले अनुसन्धान प्रक्रिया र प्रहरीको व्यावसायिकतामा असर पुर्‍याउने खालको म्यासेज सामाजिक सञ्जालमा फैलिएको छ।

प्रवक्ता डीएसपी बसन्त कुमार शर्माद्वारा जारी विज्ञप्तिमा गोपनीयता र अनुसन्धानको संवेदनशीलता कायम राख्न सूचना र समाचार सम्प्रेषणमा सहयोग गर्न आग्रह गरिएको छ।

पूर्वगृहमन्त्री समेत रहेका लामिछाने दुई महिनाभन्दा लामो समयदेखि हिरासतमा छन्। उनलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोपमा अनुसन्धान भइरहेको छ।

हाल सामाजिक सञ्जालमा लामिछानेको हिरासत कक्षमा सुतिरहेको भनिएको तस्विर भाइरल बनेको छ। तर, प्रहरी पक्षले उक्त तस्विर वास्तवमै हिरासतमा खिचिएको हो वा होइन भन्ने पुष्टि गरेको छैन।

 

तपाईको प्रतिक्रिया