Deneme Bonusu Veren Siteler
शनिबार, मंसिर २९, २०८१
Saturday, December 14, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सहकारी ठगी आरोपमा कास्की जिल्ला प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले कास्की जिल्ला अदालतमा मुद्दासम्बन्धी टिप्पणी गरेपछि एमाले सांसद सूर्य थापाले त्यसको प्रतिवाद गरेका छन्।

संसदीय छानबिन विशेष समितिका सभापति रहेका थापाले सामाजिक सञ्जालमार्फत लामिछानेले तथ्य र प्रमाणविना आफ्नो विरुद्ध गालीगलोजमा उत्रिएको बताएका छन्। फेसबुकमा थापाले लेखेका छन्, “क्लिन चिटको भ्रम र प्रतिशोधको नाममा गालीगलोज र हेट क्याम्पियन अदालती प्रक्रियामा पुग्दा खुलेका छन्।” लामिछानेले बिहीबार कास्की जिल्ला अदालतमा बयान दिँदै, सरकार आफ्नो विरुद्ध थापाले लेखेको ‘स्क्रिप्ट’ अनुसार चलिरहेको आरोप लगाएका थिए। उनले आफूलाई पूर्वनिर्धारित कथाको पात्र बनाइएको र अदालती प्रक्रियासमेत थापाकै निर्देशनमा अघि बढिरहेको बताएका थिए।

यसको प्रतिवाद गर्दै थापाले संसदीय समितिको प्रतिवेदन सर्वसम्मत पारित गरिएको र त्यसका सिफारिसहरूमा आधारित अनुसन्धान मात्र भइरहेको दाबी गरेका छन्। उनले प्रतिवेदनलाई व्यावसायिक र निष्पक्ष रूपमा तयार गरिएको भन्दै लामिछानेले फालिएको भ्रम चिर्न आफू प्रतिबद्ध रहेको बताएका छन्। प्रहरीले लामिछानेलाई कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरी सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणका आरोपमा अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया