Deneme Bonusu Veren Siteler
आइतबार, माघ १३, २०८१
Sunday, January 26, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार दुई महत्वपूर्ण खेल हुँदैछन्। ती खेलले प्लेअफ सम्भावनालाई स्पष्ट पार्नेछ। त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा बिहान ९ बजे पहिलो खेल पोखरा एभेन्जर्स र काठमाडौं गुर्खाजबीच हुनेछ। दुबै टिमले आफ्नो प्लेअफ आशा जीवित राख्न जित्नैपर्ने अवस्थामा रहेका छन्। पाँच खेल खेलिसकेका यी टिमहरूले समान दुई जित र तीन हारसँगै ४–४ अंक जोडेका छन्। हाल काठमाण्डु अंक तालिकामा पोखराभन्दा अगाडि छ।

काठमाण्डुले यो खेल जितेमा, उसले ६ अंक बनाउँदै तालिकामा चौथो स्थानमा रहेको चितवन राइनोजसँग बराबरी गर्नेछ। काठमाडौंको अन्तिम खेल विराटनगरसँग हुनेछ, जसले उसको प्लेअफ यात्रा निश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।

दोस्रो खेलमा चितवन राइनोज र प्लेअफमा स्थान सुरक्षित गरिसकेको जनकपुर बोल्ट्स आमनेसामने हुनेछन्। चितवनका लागि यो निर्णायक खेल हो, जहाँ जित्न सकेमा उसले प्लेअफ सम्भावना कायम राख्नेछ। तर बलियो टिम जनकपुरविरुद्धको खेल चितवनका लागि चुनौतीपूर्ण हुनेछ। यदि चितवन पराजित भयो भने काठमाडौं वा पोखरा जस्ता थप एक खेल बाँकी रहेका टिमहरूले प्लेअफ प्रवेशका लागि फाइदा उठाउने मौका पाउनेछन्।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया