Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सले दोस्रो जित हात पारेको छ । प्लेअफको सम्भावना राख्न विराटनगरले चितवन राइनोजलाई ५१ रनले पराजित गर्‍यो । लिग चरणमा एक खेल बाँकी रहँदा विरानगरको ४ अंक भएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

पराजयसँगै प्लेअफ पुग्ने चितवनको सम्भावना कठिन बनेको छ । उसको ६ खेलबाट ६ अंक मात्र छ । चितवनले लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार जनकपुर बोल्ट्ससँग प्रतिस्पर्धा गर्नेछ । विराटनगरले भने काठमाडौं गुर्खाजको सामना गर्नेछ ।

विराटनगर र चितवनसँगै सुदूरपश्चिम रोएल्स, कर्णाली याक्स, काठमाडौं गुर्खाज र पोखरा एभेन्जर्सको पनि प्लेअफमा पुग्ने सम्भावना कायमै छ । जनकपुर बोल्ट्सले यसअघि नै प्लेअफमा स्थान बनाएको छ भने लुम्बिनी एकमा मात्र जित निकाल्दै लिग चरणमै रोकिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले बनाएको १८२ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित ओभरमा ६ विकेट गुमाएर १३० रनमात्र बनाउन सक्यो ।

तपाईको प्रतिक्रिया