Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

टोकियो – नेपाल मगर संघ केन्द्रीय समिति जापानले माघे सङ्क्रान्ति विशेष ‘सांगीतिक साँझ-२०२५’ गर्ने भएको छ । संघले आउँदो जनवरी १२ तारिखदेखि १९ तारिखसम्म जापानका विभिन्न ५ सहरमा सांगीतिक साँझ आयोजना गर्ने भएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सांगीतिक साँझमा ख्याति प्राप्त कलाकारहरूको सहभागिता रहने आयोजकले जनाएको छ । आयोजकका अनुसार कार्यक्रममा नेपालबाट आमन्त्रित सिने गायिका रेश्मा पुन मगर र मौलिक गीत संगीतको लागी परिचित हेमन्त आले मगरको प्रस्तुति रहने छ । यसैगरी जापानमा रहेका  चेतन घर्ती मगर, रचना मगर, याम जर्घामगर साथमा मोडल डान्सर कामना फगामी मगर, सागर पुन मगर लगायत स्थानीय कलाकारको प्रस्तुति रहनेछ ।

सांगीतिक साँझ जनवरी १२ तारिखका दिन नागोया, १३ तारिखका दिन ओसाका, १४ तारिखका दिन फुकुओका, १८ तारिखका दिन गुन्मा र १९ तारिखका दिन टोकियोमा आयोजना गरिने संघले जनाएको छ ।

कार्यक्रमबाट हुने नाफा म्याग्दीको रघुगंगा गाउँपालिका-४ घर भएर हाल इताबासी चुओ अस्पताल दुवै मिर्गौला फेल भएर डाइलासिस गरिरहेकी एलिना पुनमगरलाई हस्तान्तरण गरिनेछ । आगामी जनवरीमा नेपालबाट एलिनाकी हजुरआमा आएर एउटा मिर्गौला प्रत्यारोपण गर्ने तयारी छ । उनको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले नाफाको रकम हस्तान्तर गरिने संघले जनाएको छ ।

जापानमा रहेका नेपालीहरुबीच शुभकामना आदानप्रदान गर्ने र भाइचारा वृद्धि गर्ने र प्रवासी भूमिमा रहेर मगर जातिको भाषा, कला, भेषभूषा र संस्कृतिलाई जगेर्ना गर्ने मुख्य उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको हो । कार्यक्रममा उपस्थित भइदिन जापानवासी नेपालीहरूलाई नेपाल मगर संघ जापानले आग्रह गरेको छ । ***

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया