समाचार सुन्नुहोस :
काठमाडौँ – नयाँ धितोपत्र बोर्ड अध्यक्ष नियुक्त भएकै दिन आज सेयर बजारमा उछाल देखिएको छ। आज सेयर बजारमा दोहोरो अंकको वृद्धि भएर नेप्से परिसूचक ३३ दशमलव ४१ अंकले बढेर २७१६ दशमलव ६६ को विन्दुमा पुगेको छ ।
मंगलबार २११ कम्पनीको सेयर मूल्य बढ्दा ३२ कम्पनीको घटेको छ भने एउटा कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये सबैमा हरियाली छाउँदा सर्पोट माइक्रो फाइनान्स, यूनाइटेड आइडीआई मार्दी आरबी हाइड्रो र कुथेली बुखरी स्मल हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ ।