Deneme Bonusu Veren Siteler
शुक्रबार, मंसिर २८, २०८१
Friday, December 13, 2024

काठमाडौं – पाकिस्तानमा भूतपूर्व प्रधानमन्त्री इमरान खानलाई जेलमुक्त गर्नुपर्ने मागसहित विरोध प्रदर्शनमा उत्रिएका उनका समर्थकहरूले सुरक्षा छेकबारहरू पन्छाउँदै राजधानी इस्लामाबादको केन्द्रमा प्रवेश गरेका छन् ।

हजारौँ विपक्षी प्रदर्शनकारीहरू डि-चौक भनिने ठूलो चोकमा भेला भएर धर्ना दिने कार्यक्रम गर्न चाहन्छन् । उक्त स्थान राजधानीका सबै सरकारी निकायहरूको नजिकमा पर्दछ ।

नेता इमरान खानका समर्थकहरूको भिडलाई राजधानीको केन्द्रमा पुग्नबाट रोक्ने प्रयासमा सुरक्षा सैन्यसँग विभिन्न झडपका घटनाहरू भएका छन् भने भिडमाथि अश्रुग्यास र रबरका गोली प्रहार गरिएको छ । राजधानीका केही क्षेत्रमा सेना समेत परिचालन गरिएकोछ । प्रहरीका अनुसार तीव्र गतिमा आइरहेको एक सवारीसाधनलाई रोक्ने प्रयास गरेका चार सुरक्षाकर्मीहरूको ज्यान गएको छ ।

नेता इमरान खान विभिन्न अभियोगहरूसहित एक वर्षभन्दा बढी समयदेखि थुनामा छन् र उनले आफूविरुद्धका सबै आरोपहरूको खण्डन गरेका छन् । पाकिस्तानका भूतपूर्व क्रिकेट खेलाडीसमेत रहेका नेता खान थुनामा रहँदा पनि देशको राजनीतिमा ठूलो र शक्तिशाली व्यक्तित्व बन्न पुगेका छन् ।

गत फेब्रुअरी महिनामा भएको निर्वाचनमा उनको पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीए) पार्टी प्रतिबन्धित थियो र आफ्ना उम्मेदवारहरूलाई स्वतन्त्र रूपमा निर्वाचनमा खडा गर्नुपरेको थियो। त्यसो हुँदा पनि उक्त पार्टी आफूले उठाएका स्वतन्त्र उम्मेदवारहरूको विजयी सङ्ख्याले गर्दा सबैभन्दा ठूलो एकल समूह बन्न सफल भएको थियो।

तर संसदीय बहुमत हासिल नहुँदा सो पार्टीका प्रतिद्वन्द्वीहरूले एकताबद्ध भएर नयाँ सरकार गठन गरेका थिए । परिणामस्वरूप प्रदर्शनकारीहरूले उक्त निर्वाचनमा धाँधली भएको दाबी गर्दै त्यसको नतिजा पनि उल्टाउनुपर्ने माग गरेका छन् । त्यस्तो दाबीलाई सरकारले खण्डन गरेको छ ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया