Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सोमबार बसेकाे मन्त्रिपरिषदकाे बैठकले लामो समयदेखि रिक्त रहेको नेपाली धितोपत्र बजारको नियामक निकायका नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा सन्ताेषनारायण श्रेष्ठलाई नियुक्त गरेकाे छ। ११ महिनादेखि रिक्त रहेको उक्त पदमा सरकारले श्रेष्ठलाई चार वर्षका लागि अध्यक्षमा नियुक्त गरेको हो।

बोर्ड अध्यक्ष सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेकाे थियाे। समितिले सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र नवराज अधिकारीको नाम सिफारिस गरेको थियाे। यी तीनजना मध्ये सन्ताेषनारायण श्रेष्ठलाई बैठकले बोर्डको अध्यक्ष पदमा नियुक्त गरेकाे हाे। अध्यक्षमा नियुक्त भएसँगै लगानीकर्ताको हितलाई प्राथमिकतामा राखेर पुँजीबजारको विकास र विस्तारका लागि प्रभावकारी रूपमा काम गर्ने नवनियुक्त अध्यक्ष श्रेष्ठले बताएका छन् ।

तपाईको प्रतिक्रिया