Deneme Bonusu Veren Siteler
बुधबार, मंसिर ०५, २०८१
Wednesday, November 20, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – पूर्व डीआईजी छविलाल जोशीलाई सहकारी ठगी प्रकरणमा बयानका लागि काठमाडौं ल्याइएको छ। काठमाडौं प्रहरी प्रमुख वसन्त रजौरेका अनुसार उनलाई हिजो पोखराबाट काठमाडौं ल्याइएको हो।

यसअघि, कुमार रम्तेलको बयान समाप्त भएपछि जोशीलाई काठमाडौं ल्याइएको थियो। सहकारीको रकम दुरुपयोगको अनुसन्धानका क्रममा जोशीलाई नियन्त्रणमा लिइएको हो।

यसै मुद्दामा मुछिएका पूर्वगृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पनि सोधपुछका लागि बयान गराइने तयारी भइरहेको छ। जोशीको बयानपछि मात्रै लामिछानेलाई ल्याउने योजना रहेको प्रहरीले जनाएको छ। यससँगै रविसहित अन्य केही व्यक्तिहरूलाई पक्राउ गर्न काठमाडौंबाट अनुमति पत्र जारी भइसकेको छ।

तपाईको प्रतिक्रिया