Deneme Bonusu Veren Siteler
मंगलबार, मंसिर १८, २०८१
Tuesday, December 3, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – साइबर अपराधसम्बन्धी मुद्दामा पक्राउ परेका दुर्गा प्रसाईंलाई आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइँदै छ। मंगलबार दिउँसो भक्तपुरको कमेरोटारस्थित निजी निवासबाट पक्राउ गरिएका प्रसाईंको म्याद थपका लागि अदालतमा पेश गरिन लागेको हो।

पक्राउपछि मंगलबार नै प्रसाईंको स्वास्थ्य परीक्षण गरिएको थियो। उनले कम्बोडियामा रहेको टेलिकम कम्पनी ‘एक्जियाटा’ मा प्रधानमन्त्री केपी शर्मा ओलीको अर्बौं डलर लगानी भएको भन्दै सामाजिक सञ्जालमार्फत विभिन्न कागजातसहित भिडियो सार्वजनिक गरेका थिए।

सामाजिक सञ्जालमार्फत भ्रम फैलाएको आरोपमा उनीविरुद्ध साइबर अपराधसम्बन्धी अनुसन्धान अघि बढाइएको छ। साथै, कीर्ते लगायतका अन्य मुद्दामा पनि उनीमाथि अनुसन्धान हुने बताइएको छ।

यसअघि पनि प्रसाईंमाथि विभिन्न मुद्दामा अनुसन्धान हुँदै आएको थियो। असोज ६ गते पक्राउ परेका उनलाई साइबर अपराधसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतले एक लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो। अहिलेको मुद्दा पनि सोही अदालतमा विचाराधीन रहेको छ।

 

तपाईको प्रतिक्रिया